(Wednesday 28th of October 2026)
`

भारतबाट फर्केका २४ जनामा कोरोना संक्रमण

  • सगरमाथा गन्तब्य
  • 14.4K
    SHARES

    नेपालगन्ज ०५ बैशाख : नेपाल भारत सिमानाका जमुनाहा भन्सार हुदै नेपाल भित्रिने २४ जना नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो केही दिन यता भारतबाट नेपाल फर्कदै गरेका २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । नेपाल भारत सीमा क्षेत्रको जमुनाहमा रहेको हेल्थ डेस्कमा आइतवारसम्म गरिएको ‘एन्टिजेन टेस्ट’ माध्यामबाट २४ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
    भारतका विभिन्न प्रान्तबाट नेपाल फर्कनेहरुलाई जमुनाहाको हेल्थ डेस्कमा जाँचका क्रममा उनीहरुलाई कोरोना पोजेटिभ भएको पाईएको कोरोना फोकल पर्सन तेज बहादुर ओलीले जानकारी दिनुभयो । भारतबाट नेपाल फर्कदै गरेका १७ जनामा परिक्षण गर्दा ७ जना गुजरातबाट फर्केका २ जना दिल्ली लगायत भारतका विभिन्न शहरबाट फर्कदै गरेका गरी २४ जनामा कोरोना संक्रमण भएको नेपालगञ्ज उपमहानगरपालिका हेल्थ डेस्क ईन्चार्ज तथा ल्याब टेक्नेसियन चिरञ्जिबी ज्ञवालीले जानकारी दिनुभयो ।


    गत चैत्र ११ गतेदेखि स्थापना गरिएको जमुनाहा हेल्थ डेस्कले भारतबाट आउने सबैको ज्वरो परिक्षण गरी उनीहरुमा कुनै लक्षण देखिए एन्टिजेन परिक्षण गर्ने गरेको छ । हालसम्म भएको परिक्षणमा २४ जना पोजेटिभ केस रहेको पाइएको छ । बाँकेमा हालसम्म ५ हजार ३ सय १२ जना कोरोना पोजेटिभ भेटिएको छ भने ४ हजार ७ सय ३० जना निको भएर घर फर्र्केको अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कोरोनाको हटस्पट बनेको बाँके पछिल्लो समयमा ह्वात्तै कोरोना संक्रमणको दर बढिरहेको छ । तसर्थ भेरी अस्पताल लगायतका विभिन्न स्थानमा रहेका आइसुलेसन पुन संचालनमा ल्याई विरामीहरुको उपचार भैरहेको जनाएको छ ।
    हाल नेपालगन्जको भेरी अस्पतालमा ८२ जना कोरोना संक्रमितको उपचार भैरहेको छ जसमध्ये ४१ जना सिकिस्त विरामीहरुको उपचार भैरहेको कोरोना फोकल पर्सन ओलीले जानकारी गराउनुभयो । हालसम्म बाँकेमा ६० जना कोरोना संक्रमितको मृत्यु भैसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।


    दिनप्रतिदिन कोरोना संक्रमितको विरामी बढ्न थालेपछि स्थानिय नगरपालिका, गाउँपालिकामा पहिले संचालनमा रहेका आइसुलेसन पुन संचालन गर्ने तयारी भैरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुरमा आइसुलेसन पुन संचालन भैसकेका छन् । आइतवार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण तिव्र गतिमा बढिरहेको हुनाले स्वास्थ्य कार्यालय, नगर स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले अति आवश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ भने बाहिर निस्कनै परे मास्क अनिवार्य लगाउन जनचेतनामुलक जिङगल बजाएर अनुरोध गरिरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology