जियाउल मुस्तफा कादरी- नेपालगन्ज ०१ बैशाख- इस्लाम धर्मावालम्वीहरुको पवित्र महिना रमजान बुधवार बेलुकादेखि सुरु भएको छ । हिजरी सम्वतको ८ औं महिना रजबुल मुरज्जबको समाप्ती पछि त्यसको बिहीवारदेखि रमजानुल मुबारकको महिना शुरु भएको छ । रमजानको महिनामा इस्लाम धर्माव्लम्वीहरु बिहान सुर्य उदाएपछि देखि सुर्यास्त नहुंदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइकन व्रत बस्ने गर्छन् । यस पर्वमा मुस्लिमहरु रमजानको अवधिभर राति विशेष नमाज तरावी पढने गर्छन । तराबीमा इस्लामी धर्मग्रन्थ कुरआनको धर्मगुरुहरुले पाठ गर्ने गर्दछन् ।
नेपालगञ्जमा रहेका सबै मस्जिदहरुमा तराबी हुने जनाइएको छ । यस महिनामा मुस्लिम्हरुले आफनो रकमको ढाई प्रतिशत गरीबहरुलाई जकात समेत दिने गरेका छन् । साढे ७ तोला सुन वा साढे ५२ तोला चाँदी वा त्यस बराबर नगद रकम भएको व्यक्तिले अनिवार्य रुपमै जकात दिनुपर्ने दारुल उलूम गौसिया जानुमस्जिदका मौलाना जमाल अहमद कादरीले जानकारी दिए । इदुलफितरको चन्द्रमा देखिनु भन्दा पहिले जन्मिएको सन्तान समेत गरि हरेक मुस्लिमले नमाज अगावै फितरा समेत दिनु पर्ने बताउदै मौलाना कादरीले यस वर्ष २ किलो ४५ ग्राम गहुं वा सो बराबर रकम दिनु पर्ने बताए । रमजान महिनालाई इस्लाम धर्ममा ३ भाग अर्थात अशरामा बाँडिएको छ ।
रमजान महिनाको पहिलो दिनदेखि १०औं दिनसम्म पहिलो अशरा, ११औं दिनदेखि २०औं दिनसम्म दोस्रो अशरा र २१औं दिनदेखि अन्तिम दिनसम्म तेस्रो अशरा मानिन्छ । पहिलो अशरालाई रहमत, दोस्रोलाई बरकत र तेस्रोलाई मगफिरतका रुपमा लिइन्छ । इस्लामले हरेक बालिक मुसलमानलाई रोजा (व्रत) अनिवार्य गरेको छ । इस्लामले पुरुषमा १२ देखि १५ वर्ष र महिलामा ९ देखि १२ वर्षको उमेरलाई बालिग ठहर्याएको छ । हिजरी संवतको १२ महिना मध्ये रमजानुल मुबारक पवित्र र एवादत (उपासना) गर्ने महिना समेत हो । यो महिनामा धनी वर्गले गरिब, दीन दुःखीहरुलाई आर्थिक सहयोग लगायत अन्य दानदिने चलन
छ । बुलबुले नेपाल मौलाना लियाकतअलीले जानकारी दिनु भयो । यस महिनामा विश्वभरका मुसलमान एक महिना सम्म सुर्योदय हुनुभन्दा अघिदेखि सुर्यास्तसम्म रोजा (व्रत) बस्छन् । रोजा सुरु गर्नु अघि देखि केही आफुलाई इच्छा लागेको खानेकुरा खाइन्छ । त्यसलाई सेहरी भनिन्छ । दिनभरीको रोजा समाप्त गर्ने बेलामा सामूहिक खानेकुरा खाइन्छ, जसलाई इफ्तारी भनिन्छ । इफ्तारीमा खजुर, सेवई, फलफुल, मिठाइका साथै खाने योग्य मासुजन्य परिकार खाने प्रचलन छ । रोजा अवधिमा जानाजानखानपिन गरेमा, शक्तिवद्र्धक सुई लिएमा, नशाबाट औषधी प्रवेश गराएमा अर्थात् सलाइन चढाएमा, सहवास गरेमा र वान्ता निलेमा रोजा भंग हुन्छ । रोजामा पानी समेत पिउनु हुदैन । नेपालगन्जको दारुलउलुम गौसिया मस्जिदमा जानुमस्जिदका मूलगुरु मौलाना जमाल अहमद कादरीका अनुसार नियमित पटकपटक औषधी सेवन गर्नुपर्ने व्यक्ति, गर्भवती, सुत्केरी र रजस्वला भएकालाई पछि सट्टा व्रत बस्ने गरी रोजा छुट हुन्छ । रमजान र रोजाबारे पवित्र धर्मग्रन्थ कुरानमा ठाउँ–ठाउँमा व्याख्या गरिएको छ ।
इस्लामका अन्तिम पैगम्बर अल्लाहका दुत हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहिवसल्लमले भन्नुभएको छ –जब रमजान सुरु हुन्छ तब स्वर्गका ढोकाहरु खोलिन्छन् र नर्ककका ढोका बन्द गरिन्छन् । रमजानमा गरिने उपासना र दानबाट अरु महिनामा भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ । रमजान महिनालाई इस्लाम धर्ममा ३ भाग अर्थात ३ अशरामा बाँडिएको छ । रमजान महिनाको पहिलो दिनदेखि १०औं दिनसम्म पहिलो अशरा, ११औं दिनदेखि २०औं दिनसम्म दोस्रो अशरा र २१औं दिनदेखि अन्तिम दिनसम्म तेस्रो अशरा मानिन्छ । पहिलो अशरालाई रहमत, दोस्रोलाई बरकत र तेस्रोलाई मगफिरतका रुपमा लिइन्छ एक महिने रमजान पर्व सकिएपछि मुसलमानहरुले हर्षोल्लास पूर्वक ईद (इदुल–फित्र) पर्व मनाउँछन् । आफु भोकै बसेपछि अरुको भोक कस्तो हुन्छ भन्ने थाहा हुन्छ ।
यही महिनामा मुस्लिम समुदायले आफ्नो लेखाजोखा गरी हरहिसाब फरफारक गरी आम्दानी, खर्चको हिसाब बनाई आफुसंग रहेको चल सम्पत्तिमा जकात दिने गर्दछन् यदि तपाईसंग साढे ७ तोला सुन या साढे ५२ तोला चाँदी या सो बराबरको नगद रकम भएको माथि जकात अनिवार्य इस्लामले गरेको छ । २.५ प्रतिशत जकात तोकिएको छ । यस्तै प्रत्येक व्यक्तिले २ किलो ४० ग्राम गहुँ नभए सो बराबरको रकम फित्रा गरिबहरुलाई दिनुपर्छ । तर जकात तिर्नको लागि माले निसाब हुनैपर्छ । जकातको रकम गरिब, असहाय या मदरसालाई मुस्लिमहरु दिंदै आएका रमजान शरीफका रोजा १० सव्वाल सन् २ हिजरीमा फर्ज भएको थियो यस महिना पछि इदुल फित्रको महिना शुरु हुने छ ।
