नेपालगन्ज ३० चैत – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित राँझा चोक नजिकै आयशर ट्रैक्टर्सको शो रुम खुलेको छ । रयान इन्टरनेशनल एण्ड अटो मोटिकद्धारा संचालित आयशर ट्रैक्टर्सको लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको क्षेत्रिय कार्यालय शो रुम खुलेको हो । सोमबार एक कार्यक्रमका विच नेपालगन्ज उद्योग वाणिज्य संघका प्रबक्ता चिरञ्जीवि ओलीले रिबन काटेर उक्त शो रुमको उद्घाटन गर्नुभयो । शो रुमलाई उद्घाटन गर्दै प्रबक्ता ओलीले किसानहरुको मन र विश्वाशिलोमा रहेको आयशर ट्रैक्टर्सले अझ थप प्रदेशलाई लक्षित गरि प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । १८ एचपीदेखि ७५ एचपीसम्म, टु डब्लुडी, फोर डब्लु डी लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको कार्यालय नेपालगन्जमा उपलब्ध रहेको रयान इन्टरनेशनल एण्ड अटो मोटिकका प्रबन्ध निर्देशक मो.अफतार आलामले जानकारी गराउनुभयो ।

आयशर ट्रैक्टर्स ७ लाखदेखि २७ लाख ५० हजारसम्म उपलब्ध रहेको प्रोप्राईटर गुलाम रसुलले जानकारी गराउनुभयो । हरेक आयशर ट्रैक्टर्समा ३० प्रतिशत डाउनपेमेन्टमा फाइनान्स गरि विक्रि वितरण गरिने प्रोप्राईटर रसुलले जानकारी गराउनुभयो । शो रुम उद्घाटनमा क्षेत्रिय प्रबन्धक आयाज अहमद शेष, विभिन्न अटो मोबाइल्सका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
