नेपालगन्ज २८ चैत, हामी जो कोही पनि कृषिसगं जोडिएका छौ । कृषि उत्पादन गर्ने होस या त्यसको उपभोग गर्ने किन नहोस् । कृषि विना हाम्रो जिवन सम्भव छैन । कृषिमै लागेर जिविको पार्जन गर्नेहरु पनि जिल्लामा अन्य भन्दा अधिक छन । कृषिले धेरैको जिवनलाई परिवर्तन गर्न अहम भुमिका खेलेको छ । व्यवसायिक कृषि कर्म होस या जिविकोपार्जन यि सबै तह सम्भव हुन्छ जव रुचिका साथ कार्य गरिएको हुन्छ । बाँकेको कृषिको कुरा गर्नेहो भने अहिले विगतका वर्षहरु भन्दा धेरै राम्रो उत्पादनका कामहरु गर्न सकिने प्रसस्त सम्भावनाहरु देखिएका छन ।
बाँकेका केही स्थानियतहहरु कृषि उत्पादनमा आत्मनिर्भर भएको अवस्था छ भने केहिलाई अझै बढि कृषिका क्षेत्रमा डटेर लाग्न पर्ने देखिन्छ । बाँकेमा कृषि क्षेत्रको सुधार हुने अवस्था विस्तारै बढ्न लागेको महसुस सिक्टा सिचाईको पानी किसानको खेतबारीमा पुग्न लागेपछि देखिन लागेको हो । अहिले परिक्षणको क्रममा सिक्टा सिचाईको पानी छाडिएपनि विगतका वर्ष भन्दा धेरै किसानले यसको फाइदा उठाउन थालिसकेका छन । सिचाई सुविधा नपुगेको स्थानमा कुलो तथा नालाको माध्यमबाट सुख्खा मौसममा पनि पानी पुगेपछि बाँकेमा कृषिले फट्को मार्ने आश गरिएको छ ।
कृषिमा सम्भावना देखेकाहरुले सुख्खा मौसममा पनि खोला तथा नालीहरुमा आएको पानीलाई सदुपयोग गरिरहेका छन । बाँके खजुरा ३ का किसान कृष्ण विक्रम केसी भन्छन् ‘हाम्रो बारी सम्म सिक्टाको पानी नआएपनि सुविधा पुगेका स्थानका किसानहरुले यसको भरपुर फाइदा लिन सक्नुपर्छ ।’ बोरिङ्गको पानीको भर त्यसमाथि विजुलीको समस्या हुदाँ हुदै पनि आफुले ३ विगाह क्षेत्रफलमा तरकारी उत्पादन गर्ने गरेको बताउने केसीले सिचाई सुविधा पुगेको स्थानका किसानले कुनै पनि समयमा जमिन खाली राख्न नहुने उल्लेख गर्नुभयो । सिक्टाको पानी पुगेका स्थानमा केहि किसानहरुले व्यवसायिक रुपमा खेती गर्न थालेको पाइएपनि त्यो प्रयाप्त नरहेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत दिनेश भट्राईले बताउनुभयो । कृषि ज्ञान केन्द्रले किसानहरुलाई व्यवसायिकरण तर्फ अघि बढ्न आवश्यक सहयोग तथा सहकार्य गरिरहेको भएपनि उल्लेख्य रुपमा किसानहरु अझैपनि कृषिको काममा लाग्न नसकेको उल्लेख गर्नुभयो ।
बाँके जिल्ला यस्तो जिल्ला हो जहाँ उर्वर भुमिहरु छन । बाँकेमा उत्पादन हुने केहि कृषि बस्तुहरु अन्य जिल्लामा समेत निर्यात हुन्छन् । भने, केहि कृषि उत्पादनहरु आयात गर्नुपर्ने अवस्था छ । अर्थात अझै जिल्लाका किसानहरुलाई सक्रिय बनाई उत्पादन बढाउन कृषि सम्बन्धि काम गर्नेहरुले चासो दिन पर्नेछ । बाँकेमा सिक्टा सिचाई बाहेक १४ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए । अहिले सिक्टा सिचाई आयोजनाले १५ हजार हेक्टर क्षेत्रफलमा पुग्ने गरि परिणक्षका लागी पानि छाडेको छ । यस पटक बाँकेमा गहुको उत्पादन राम्रो हुनुमा केहि मात्रामा सिक्टाको पानि पुगेरै हो । तत्काल मकै खेतीको क्षेत्रफल बढेको नदेखिएपनि गहु लगाएका बारीमा मकै लगाउँदा केहि मात्रमा क्षेत्रफल सगै उत्पादन बढ्ने ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार गहु काटेर अरुण २ जातको मकै लगाउदाँ जमिन र पानिको सदुपयोग भई राम्रो उत्पादन लिन सकिन्छ । सिक्टाको पानि किसानको बारी नजिकै पुगेको धेरै किसानले थाह नपाउदाँ पनि बालीको क्षेत्रफल भनेजति बढाउन नसकिएको र जति खेती गरिएको छ, गरिदै छ त्यसको प्रतिफल आउन बाँकी नै रहेकाले तत्काल भएको उपलव्धी देखाउन नसकिएको प्रमुख ढकालले उल्लेख गर्नुभयो । मकै तथा तरकारी खेतीलाई नियमित पानि चाहिने भएकाले तत्काल छाडिएको पानि कतै विचमा रोकिने हो कि भनेर किसानले आट गर्न गाहे मानिरहेका छन । कृषि ज्ञान केन्द्रले जनाए अनुसार बाँकेका किसानहरु पछिल्ला दिनमा सिचाई सुविधा बढेसंगै मकै खेति तर्फ रुचि बढाएका छन ।

ज्ञान केन्द्रले किसानहरुलाई सिचाई सुविधा दिने उदेश्यले पम्पसेट, मोटर, उपलव्ध गराउदै आएको छ । मकै तथा फलफुल खेतीको क्षेत्रफल बढाउन विषेश कार्यक्रम संचालन गरि किसानलाई साथ हौसला दिदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताए । सिचाईको सुविधा कृषि उत्पादनका कुनै पनि विषयबस्तुमा जोडिएको हुन्छ । चाहे धान, गहुँ, मकै मात्र नभएर तरकारी, फलफुल खेतीका साथै अहिले बाँके जिल्लामा फस्टाउदै गएको र माग पनि अत्याधिक रहेको फुल खेती पनि हो । राम्रो सिचाई सुविधा नभएर फुल खेती नफस्टाएको बाँकेमा विस्तारै फुलको व्यवसायिक खेती पनि गरिदै आइएको छ । यसले के जनाउछ भने, कृषिका कुनैपनि उत्पादन गर्न सिचाईको भुमिका महत्वपुर्ण रहेको हुन्छ ।
सिक्टा सिचाईबाट वितरित पानीलाई नियमित गर्न सकियो भने बाँकेबाट उत्पादन हुने कृषि बस्तुले पश्चिमका जिल्लाहरुलाई पुग्ने गरि निर्यात गर्न सकिनेमा दुई मत छैन् । यसर्थ सिक्टाको पानीलाई सिचाईमा नियमित लगाउन सबैले पहल गरौ भन्ने धारणा किसानहरुको रहेको छ । (किसानआवाजबाट)
