(Thursday 29th of October 2026)
`

राष्ट्रपति रनिङग शिल्ड प्रतियोगितामा छात्रा तर्फ नेपालगन्ज मोडल एकेडेमी प्रथम

  • सगरमाथा गन्तब्य
  • 21.5K
    SHARES

    नेपालगन्ज २१ चैत अन्तर माध्यमिक विद्यालय स्तरिय दोश्रो मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७७ शनिवार सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगर–पालिकाको आयोजना, प्याब्सन नेपालगन्जको संचालन तथा व्यवस्थापन र नेपाल शिक्षक महासंघ नेपालगन्जको सहकार्यमा संचालन भएको विद्यालय स्तरिय दोश्रो मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता १९, २० र २१ गते (३ दिन) संचालन भएको थियो । खेलकुद प्रतियोगितामा सगरमाथा ई. बो. स्कूल कारकादो, भेरी ई. मि. हाई स्कूल धम्बोझी, व्रिटिस ई.मि स्कूल कारकादो बसपार्क., जय बागेश्वरी स्कूल, सरस्वती मावि, मुनतारा राँझा, आर्दश मावि राँझा, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति मावि राँझा, होलिल्याण्ड हाई स्कुल, जिभिएन स्कूल, धम्बोझी मावि, जय जनता मावि, महेन्द्र मावि, मंगलप्रसाद मावि, युनाईटेड मावि, महाराजा हाई स्कूल, स्प्रिङडेल एकेडेमी हाई स्कूल, नेपालगन्ज कन्या मावि, आइडिएल मावि, शान्ति विद्या निकेटन, नारायण मावि, सेन्ट थोमस, सोफिया रेसिडेन्सिएल, भेरी विद्या मन्दिर लगायत २८ वटा विद्यालयको सहभागिता रहेको छ जसमा भलिबल, दौड, हाई जम्प, कबड्डी, रिले, त्रिपल जम्प, लङ जम्प, सटफुट लगायतका खेलप्रतियोगिता हुने व्यवस्थापन टिमका संयोजक तथा प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्रचार्यले जानकारी गराउनुभयो ।

    प्रतियोगितामा एथलेटिक्स तर्फ प्रथम नेपालगंज मोडल एकेडेमी हुन सफल भएको छ भने द्घितीय होली ल्याण्ड मा.बि, तृतीय मुन तारा मा.बि र बेष्ट एथलेटिक्स चमेली चौधारी नेपालगंज मोडल एकेडेमी हुन सफल भएको छ । यस्तै भलिबल तर्फ प्रथम नेपालगंज मोडल एकेडेमी, द्घितीय होली ल्याण्ड मा.बि, तेस्रो मंगल प्रसद मा.बि, बेष्ट प्लेयर निर्मला बस्नेत.(नेपालगंज मोडल एकेडेमी) भएको छ । यस्तै कबड्डी तर्फ प्रथम नेपालगंज मोडल एकेडेमी, द्घितीय मंगल प्रसद मा.बि, तेस्रो जय जनता मा.बि., बेष्ट प्लेयर पबित्रा चन्द (नेपालगंज मोडल एकेडेमी) हुन सफल भएको छ । रनिङ शिल्ड तर्फमा प्रथम नेपालगंज मोडल एकेडेमी, द्घितीय होली ल्याण्ड मा.बि., तेस्रो धम्बोझी मा.बि. विजयी भएका छन् । यस्तै मार्च पासमा प्रथम पशुपति मा.बि.राझाँ हुन सफल भएको छ भने द्घितीय सगरमाथा मा.बि कारकादो हुन सफल भएको छ । तृतीय आर्दश मा.बि.राझाँ हुन सफल भएको छ । यसैविच छात्र तर्फ एथलेटिक्समा प्रथम नेपालगन्ज मोडल एकेडेमी, द्धितियमा होलिल्याण्ड मावि, तितृयमा धम्बोझी मावि, वेष्ट एथेलेटिक्समा संन्जिव विक नेपालगन्ज मोडल एकेडेमी, भलिबल तर्फ जिभिएन मावि प्रथम, सेन्ट थोमस मावि द्धितिय र तृतियमा धम्बोझी मावि रहेका छन् । केडिट नेपाली बेष्ट प्लेयर जिभिएन, कबड्डी तफमा आर्दश मावि नेपालगन्ज प्रथम, द्धितिय मंगलप्रसाद मावि, तितृयमा युनाइटेड एजुकेशनल एकेडेमी हुन सफल भएका छन् भने वेष्ट प्लेयर रोशन रसाइली (आर्दश मावि) हुन सफल हुनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology