(Wednesday 28th of October 2026)
`

विद्यालय स्तरिय दोश्रो मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

  • सगरमाथा गन्तब्य
  • 16.5K
    SHARES

    नेपालगन्ज १९ चैत – अन्तर माध्यमिक विद्यालय स्तरिय दोश्रो मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७७ बिहीवारदेखि शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, प्याब्सन नेपालगन्जको संचालन तथा व्यवस्थापन र नेपाल शिक्षक महासंघ नेपालगन्जको सहकार्यमा संचालन भएको विद्यालय स्तरिय दोश्रो मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता १९, २० र २१ गते (३ दिन) संचालन हुने आयोजक टिमले जनाएको छ । खेलकुदको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाले गर्नुभएको थियो । उद्घाटन सत्रमा डा. राणाले स्वास्थ्यको लागि खेलकुद अति उपयुक्त भएको हुनाले खेलकुदलाई विद्यालय स्तरबाटै निरन्तरता दिन आवश्यक रहेको उहाँले जानकारी गराउनुभयो ।


    समय अनुसार प्रतियोगिता ढिला भएको जानकारी गराउदै मेयर राणाले आगामी दिनमा समयमै यस्तो खालको प्रतियोगिता संचालन गर्ने जानकारी गराउनुभयो । ३ दिनसम्म संचालन हुने खेलकुद प्रतियोगिता निष्पक्ष रुपले संचालन गर्न मेयर डा. राणाले आग्रह गर्नुभयो ।
    यस्तै शिक्षा विकास तथा सम्मन्वय इकाई समितिका प्रमुख राम सुरेश यादवले खेलकुदलाई निश्पक्ष तरिकाले संचालन गरि हरेक विद्यालयले आफ्नो क्षमताको विकास गर्न अझ मेहनतका साथ लाग्न सकोस भन्ने धारणा राख्नुभयो ।
    नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडाअध्यक्ष सुनिल सिंह हमालले खुलकुद यस्तो क्षेत्र हो जसले मानिसलाई स्वास्थ राख्न मद्दत गर्ने भएको हुनाले विद्यालय स्तरबाटै खेलकुदलाई निरन्तरता दिन अति आवश्यक रहेको जानकारी गराउनुभयो ।
    हरेक विद्यालयले खेलकुदलाई पर्वको रुपमा लिन जरुरी रहेको उहाँले जानकारी दिनुभयो ।


    खेलकुद प्रतियोगितामा सगरमाथा ई. बो. स्कूल कारकादो, भेरी ई. मि. हाई स्कूल धम्बोझी, व्रिटिस ई.मि स्कूल कारकादो बसपार्क., जय बागेश्वरी स्कूल, सरस्वती मावि, मुनतारा राँझा, आर्दश मावि राँझा, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति मावि राँझा, होलिल्याण्ड हाई स्कुल, जिभिएन स्कूल, धम्बोझी मावि, जय जनता मावि, महेन्द्र मावि, मंगलप्रसाद मावि, युनाईटेड मावि, महाराजा हाई स्कूल, स्प्रिङडेल एकेडेमी हाई स्कूल, नेपालगन्ज कन्या मावि, आइडिएल मावि, शान्ति विद्या निकेटन, नारायण मावि, सेन्ट थोमस, सोफिया रेसिडेन्सिएल, भेरी विद्या मन्दिर लगायत २८ वटा विद्यालयको सहभागिता रहेको छ जसमा भलिबल, दौड, हाई जम्प, कबड्डी, रिले, त्रिपल जम्प, लङ जम्प, सटफुट लगायतका खेलप्रतियोगिता हुने व्यवस्थापन टिमका संयोजक तथा प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्रचार्यले जानकारी गराउनुभयो ।
    नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको अध्यक्षतामा भएको खेलकुद प्रतियोगितामा विभिन्न वडाका वडा अध्यक्ष, खेलप्रेमी, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन प्याब्सन नेपालगन्जका सचिव मान बहादुर थापाले गर्नुभएको थियो । उद्घाटन सत्रमा हरेक विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए भने केही विद्यालयका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology