नेपालगन्ज १३ चैत – फागु पर्व अर्थात होलीको पावन अवसरमा होली गित धमाधम सार्वजनिक भएका छन् । होली नजिकिदै गर्दा होलीको म्युजिक भिडियो धमाधम सार्वजनिक हुँदै आएको हो । पुर्वेली थारु भाषामा रहेको होली गितको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । लाल, हरियर, कलेजी, सुगा पंङखी भन्ने बोलको म्युजिक भिडियोमा चर्चित चर्चित कलाकारहरुको भुमिका रहेको छ जसमा चर्चित मोडल विर चौधरी, दिपिका चौधरी, विनोद चौधरी, सुनिता चौधरी, सुनिल माझी, अनुशा राजधामी, विमल चौधरी, सोनम चौधरी प्रकाश चौधरी र अनिता चौधरीले मोडलिङ्ग गर्नुभएको छ ।

गितको म्युजिक कम्पोज देब कृष्ण विश्वासले गर्नुभएको छ । यस्तै एरेन्ज मेगा डिजिटल रेकडिङ्ग स्टुडियोको रहेको छ भने गितको डाइरेक्सन सुरेश चौधरी र सह डाइरेक्सनमा बिवेक सरदारले गर्नुभएको छ । यस्तै क्यामरामा क्वावल विश्वासले साथ दिनुभएको छ भने गितको व्यवस्थापन कोडिनेटर सन्जु बाबाले गर्नुभएको छ ।
लाल, हरियर, कलेजी, सुगा पंङखी बोलको गितमा चर्चित गायक देव कृष्ण विश्वास, प्रकाश माझी, सुनिल चौधरी, निकिता थारु, प्रकिता चौधरी र बसन्ती चौधरीले स्वर दिनुभएको छ । गितको छायाङकन सुनसरीको झुम्कामा भएको कलाकार सन्जुबाबाले बताउनुभयो ।

