(Wednesday 28th of October 2026)
`

बाँकेमा पाँच लाख ७६ हजार ६७ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

  • सगरमाथा गन्तब्य
  • 8.4K
    SHARES

    बाँके, १२ चैत । बाँकेमा साढे पाँचलाख व्यक्तिलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ । यही चैत २० गतेदेखि हात्तीपाईले रोग निवारणका लागि राष्ट्रियआम औषधि सेवा सुरु हुने यो अभियानमा ५ लाख ७६ र ७६ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताउनुभयो ।
    सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा एक लाख ६६ हजार ८ सय ८६ जना र सबैभन्दा कम नरैनापुर गाउँपालिकाका ४० हजार ८ सय ४३ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहले बताउनुभयो । उहाँका अनुसार राप्तीसोनारीका ७० हजार ८ सय ८४ जना, बैजनाथ गाउँपालिकाका ६४ हजार ५ सय ४८, खजुराका ५९ हजार ८ सय ६८, जानकीका ४४ हजार १ सय ९९, डुडुवा गाउँपालिकाका ४३ हनार ४ सय ७८ र कोहलपुर नगरपालिकाका ८५ हजार ३ सय ७० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको समेत प्रमुख शाहले बताउनुभयो ।
    ६ बर्षसम्म नियमित औषधि खुवाउने कार्यक्रम भएपनि बाँकेमा मानिसहरुले औषधि नखाइदिँदा यो अभियान लम्बिएको हो । जिल्लामा यो अभियान ६७ सालदेखि जारी छ । यो ११ औं अभियान हो । यो अभियानमा ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वयम सेवक खटिने पनि कार्यालय प्रमुख शाहले बताउनुभयो ।


    हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियानबारे बिहीवार नेपालगञ्जमा आयोजित पत्रकार अन्तरक्रियामा शाहले गत वर्षदेखि औषधि खाने दर बढेको समेत बताउनुभयो । उहाँले ग्रामीण भन्दा पनि शहरका मानिसहरुले औषधि खान हिचकिचाउने गरेको बताउनुभयो ।
    दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवति र सात दिनसम्मकी सुत्केरी, सिकिस्त विरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेका जस्तैः क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, छारेरोगी, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्न नहुने डा. मदन कोइरालाले बताउनुभयो । अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारु रहनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology