(Thursday 29th of October 2026)
`

त्रिदेशीय फुटबलमा राम्रो प्रदर्शनको आशामा नेपाल

  • सगरमाथा गन्तब्य
  • 16.3K
    SHARES

    ९ चैत, काठमाडौं । मंगलबार सुरु हुने त्रिदेशीय थ्री नेसन्स० फुटबल प्रतियोगितालाई नेपालले फिफा विश्वकप छनोटको तयारीको रुपमा लिएको छ ।
    अखिल नेपाल फुटबल संघ एन्फा० को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानको यू(२३ टिमले प्रतिस्पर्धा गर्नेछन् । सोमबार आयोजित प्रि म्याच कन्फ्रेन्समा तीनवटै देशका प्रशिक्षकले कोभिड(१९ ले गर्दा अन्तर्राष्ट्रिय खेल नभइरहेको अवस्थामा यो प्रतियोगिता राम्रो अवसर रहेको बताए ।
    नेपालका प्रशिक्षक बालगोपाल महर्जनले त्रिदेशीय फुटबललाई विश्वकप छनोटको तयारीको रुपमा लिएको बताए । ‘हामी विश्वकप छनोटको होम म्याचको तयारीमा थियौँ । त्यसैको तयारीस्वरुप यो प्रतियोगिता हुन लागेको छ । हामीले छनोटकै लागि ३ महिनादेखि लगातार तयारी गरिरहेका छौँ । त्यसैले राम्रो खेल खेल्ने राम्रो प्रदर्शन गर्ने लक्ष्य छ’ प्रशिक्षक महर्जनले भने ।
    प्रतियोगिता सुरु हुनु अघिल्लो दिनसम्म नेपालको टिम घोषणा भएको छैन । प्रशिक्षक महर्जनले आफ्नो टिम तयार रहेको र घोषणा हुन मात्र बाँकी रहेको बताए । टिमको कप्तान भने किरण चेम्जोङ नै हुने उनले पुष्टि गरे ।
    हाल भारतमा आई लिग खेलिरहेका किरण चेम्जोङ यसैका लागि नेपाल आउँदैछन् । ‘हाम्रो टिमको कप्तान किरण नै हुन् । उनी आज ९सोमबार० आइपुग्छन् । टिम तयारी छ म्यानेजमेन्टले भनेपछि म घोषणा गर्न तयार छु’ महर्जनले भने ।
    महर्जनले टिममा सिनियर र जुनियर खेलाडी मिश्रण रहेको बताए ।
    यस्तै प्रिम्याच कन्फ्रेन्समा उपस्थित भएका नेपालका उपकप्तान रोहित चन्दले विश्वकप छनोटका खेल स्थगित भएपनि त्रिदेशीय प्रतियोगिता हुने भएपछि खेलाडीहरु उत्साहित भएको बताए । ‘यसले गर्दा खेलाडी मोटिभेट भएका छन् । हामीले राम्रो तयारी गरेका छौँ ।’ नेपालको सिनियर टिमले सन् २०१५ पछि पहिलो पटक दशरथ रंगशालमा खेल्दैछ । गत वर्ष भएको १३ औं सागमा नेपालले स्वर्ण जित्दा यू(२३ टिमले खेलेको थियो । तर सिनियर टिमले भने करिब ६ वर्षपछि होम ग्राउण्डमा खेल्न लागेको हो । यसबाट खेलाडीहरु उत्साहित रहेको रोहितले बताए । ‘ रंगशालामा नखेलेको पनि धेरै भयो । धेरै पछि टुर्नामेन्ट रंगशालमा हुँदैछ । होम ग्राउण्डमा खेल्न उत्साहित छौँ’ उनले भने ।
    प्रशिक्षक बालगोपालले त्रिदेशीय कपमा नतिजा भन्दा पनि प्रदर्शनमा ध्यान दिने बताए । ‘यसपटक हामी रिजल्टमा भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छौँ । उत्कृष्ट खेल्यौँ भने रिजल्ट आफैँ आइहाल्छ । राम्रो खेलेर नेपालीलाई खुशी पार्ने लक्ष्य छ’ उनले भने । प्रशिक्षक महर्जनले नेपालको रणनीतिबारे सोध्दा त्यही दिन थाहा हुने बताए । उनले मंगलबार हुने बंगलादेश र कीर्गिस्तानको खेल हेरेर रणनीति बनाउने बताए । ‘भोलिको म्याच हेर्छु को कस्तो छन् हेरेर टिम सेटअप गर्छु ।’ उनले किर्गिस्तानसंग पनि नेपालले विभिन्न उमेर समूहमा खेलेकोले सो टिमबारे पनि केही जानकारी भएको बताए ।
    दशरथ रंगशालामा नेपालले कीर्गिस्तानसंँग चैत १२ गते पहिलो खेल खेल्नेछ । यस्तै चैत १६ गते बंगलादेशसंग दोस्रो खेल खेल्नेछ । यसअघि गत नोभेम्बरमा नेपालले बंगलादेश गएर दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । जसमा नेपाल पहिलो खेलमा पराजित भयो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो ।
    कोभिड(१९ ले गर्दा लामो समयपछि मैदान फर्केकोले त्यो बेला नतिजा आउन नसकेको प्रशिक्षक महर्जनले बताए । ‘हामीले त्यतिबेला ७(८ दिन मात्र प्रशिक्षण गरेका थियौं । जसले गर्दा एक म्याच हार्यौँ । एक म्याच बराबर भयो’ महर्जनले भने, ‘अहिले हामीले निरन्तर ट्रेनिङ गरेका छौँ । खेलाडीहरु मोटिभेट भएको छ मिहिनेत गरिरहेका छन् । त्यो पराजयलाई बिर्साउँदै यस पटक राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ ।’ बंगलादेश पनि विश्वकप छनोटमा केन्द्रित
    बंगलादेशका प्रशिक्षक जेम्स डेले पनि यस प्रतियोगिता विश्वकप छनोटको तयारीको रुपमा रहेको बताए । ‘हाम्रो टिममा ६ नयाँ खेलाडी छन् । हाम्रो लागि अब हुने २ खेल अनुभव लिने राम्रो अवसर हुनेछ’ डेले भने, ‘जुनमा विश्वकप छनोटको म्याच छ । हाम्रो लागि त्यसैको तयारी गर्ने अवसर छ ।’ बंगलादेशका ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टिमबाट खेल्दैछन् । ‘हामी सबै खेलाडीलाई खेल्ने अवसर दिनेछौँ । उनीहरुलाई २ खेलमा प्रयोग गर्नेछौँ’ उनले भने ।अनलाइनखबर बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology