नेपालगन्ज ८ चैत- यही चैत १२ गतेदेखि नेपालगन्जमा हुने तेश्रो नेपालगन्ज महोत्सव २०७७ को तयारी तिव्र गतिमा अगाडी बढेको आयोजकले जनाएको छ । ए.जी. सर्भिस प्रा.लि.को आयोजनामा नेपालगन्जमा हुन गइरहेको तेस्रो नेपालगन्ज महोत्सव २०७७ को तयारी तिब्र पारिएको आयोजकले आइतवार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
“समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित यही चैत १२ गतेदेखि चैत २२ गतेसम्म सन्चालन हुने महोत्सवको सम्पुर्ण तयारी तिब्र गतिमा पारिएको छ ।
ए.जी. सर्भिस प्रालिका अध्यक्ष नन्द बहादुर बुढाका अनुसार मेलाको सम्पुर्ण तयारी तिव्र पारिएको छ । महोत्सवका लागि सम्पुर्ण फिल्डका कार्यहरुलाई तीव्रता दिईएको उहाँले बताउनुभयो । महोत्सवमा स्टल निर्माण, वाल उद्यान निर्माण र सजावटको कामलाई तिव्र पारिएको अध्यक्ष तथा मेलाका संयोजक बुढाले जानकारी गराउनुभयो ।
हामीले बिषेशः कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई रोजगारको वातावरण सिर्जना गर्ने लक्ष्य लिएका छौं अध्यक्ष बुढाले भन्नुभयो । यसै लक्ष्यलाई आत्मासाथ गर्दै बहु आयामिक र पर्यटन व्यवसायलाई प्रोत्साहन तथा सामाजिक उत्तरदायित्व बहन हुने गरी ए जी सर्भिस प्रा लि नेपालगञ्ज बाँकेले विगत ३ बर्षदेखि लगातार मेला आयोजना गर्दै आएको छ । मेलाले ब्यापार पर्यटन कृषि सांस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सवलाई झण्डै २ लाख ५० हजार भन्दा बढि अवलोकन गर्ने अनुमान गरेका छौं बुढाले भन्नुभयो ।
महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त चर्चित कलाकार रेखा थापा, आर्यन सिग्देल, प्रमोद खरेल, चन्द्र शर्मा, बद्रि पंगेनी, ज्योती मगर, पुस्कल शर्मा, दुर्गेश थापा, मिस्टर आरजे, सर्जना खत्री, प्रिती आल, प्रकाश सपुत, पशुपति शर्मा, रमेश राज भट्टराई, राम जी खान, बाल कलाकार सचिन परियार, सिरजु अधिकारी, प्रिती आले, भुमिका गिरी, आरोसी मगर, रुविना अधिकारी, श्री निवाश थारु, दुर्गा नेपाल, रवि रिमाल, बैकुण्ठ महन्त, डिजे विटि, टिका सानु, योगेश काजी, सम्राट चौलागाई लगायतका कलाकाहरुकोे प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कलाकार सहितको मेलाको प्रचा पम्पलेट टाँस्ने, मिडिया मार्फत प्रचारप्रसार गर्ने र अटोहरुमा जिङ्गल बजाएर विभिन्न स्थानमा प्रचार प्रसार सुरु समेत गरिएको सचिवालय व्यवस्थापन समितिले जनाएको छ ।

नेपालगन्ज स्थित वाटरपार्कको छेउमा सन्चालन हुने महोत्सवको सचिवालय पनि स्थापना गरिएको छ ।
नृत्यमा युवालाई प्रोत्साहन गर्नका लागी महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ समेत आयोजना गरिनेछ । नृत्यमा प्रथम हुने प्रतिस्पर्धीलाई रु ५०,००० र फिल्ममा अभिनय गर्ने अवसर दिईनेछ । दोश्रोलाई रु ३०,००० र म्युजिक भिडियो खेल्ने अवसर दिईनेछ । त्यसतै तेस्रोलाई २०,००० पुरस्कार र म्युजिक भिडियो खेल्ने अवसर दिईनेछ भने चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पनि सान्तोना पुरस्कार दिईनेछ ।
ब्यापार पर्यटन कृषि तथा वृहत साँस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सवलाई उत्कृष्ट बनाई यस क्षेत्रको बिकास तथा पहिचानका लागी पहुँच विस्तार गर्न र महोत्सवलाई सफल बनाउन कम्पनीले संघिय सरकार, प्रदेश सरकार, तथा स्थानिय सरकार, सरकारी तथा गैरसरकारी संस्था र फर्म लगायतसंग समवन्य भई सकेको आयोजकले जनाएको छ ।
