(Wednesday 28th of October 2026)
`

एन्फा प्रेसिडेन्ट लिगमा सुदुरपश्चिमको स्टार सिटी विजयी

  • सगरमाथा गन्तब्य
  • 10.2K
    SHARES

    नेपालगन्ज, फागुन २ गते – नेपालगन्जमा सोमबार देखी एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुदुर पश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ ।
    स्टार सिटी युवा क्लबको तर्फबाट रुप बहादुर लामाले २ गोल र दिपक राज सिंह ठकुरीले १ गोल गरे । खेलको म्यान अफ द म्याच बनेका रुप बहादुरले ३ मिनेट र ८१ मिनेटमा गोल गरेका थिए । दिपक सिंह ठकुरीले ४६ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याचलाई बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले नगद रु. ५ हजार सहित सम्मान गर्नु भयो ।
    सोमबार एक समारोहका बिच प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गर्नु भएको थियो ।
    चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।
    प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology