(Wednesday 28th of October 2026)
`

भलिबलमा युनिभर्स एकेडेमी प्रथम

  • सगरमाथा गन्तब्य
  • 12.7K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा महिलामैत्री भलिबल प्रतियोगितामा युनिभर्स एकेडेमी प्रथम भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेले नेपालगन्ज रंगशाला परिसरमा आयोजित खेलमा आयोजक राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको टिमलाई फाइनल खेलमा पराजित गर्दै प्रथम भएको हो । जसमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको टिम दोस्रो र वडा नम्बर ४ का कर्मचारीको समूह तेस्रो भएको छ । प्रतियोगिता नेपाल घरेलु महासंघका खेलाडी विनिता केसी उत्कृष्ट खेलाडीको रुपमा चयन भइन् ।
    प्रतियोगिताको विजेता टिमलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा महिला संगठनका नेता, कार्यकर्तासहित नेपाल प्रहरी, नेपाली सेना, पत्रकार, घरेलु महिला सन्जाललगायतका महिलाहरूका ९ वटा टिम सहभागिता रहेको संगठनकी अध्यक्ष इन्दिरा शाहीले जानकारी दिनुभयो । खेलको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology