(Wednesday 28th of October 2026)
`

उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 15.7K
    SHARES

    नेपालगन्ज, २९ फागुन – बाँके जिल्लाको नेपालगन्जमा उर्दू साहित्यकारद्वारा शनिवार मासिक गजल गोष्ठी गरिएको छ ।
    नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–११ स्थित ईमाम बिन हम्बल विकास केन्द्र नेपालगन्जमा गुल्जारे अदब बाँकेको आयोजनामा फागुन २९ शनिवार मासिक गजल गोष्ठीमा उर्दू साहित्यकारद्वारा गजल गोष्ठीमा गजल वाचन गरिएको छ ।
    नेपालगन्जका उर्दू साहित्यकार इस्माइल अन्सारीको अध्यक्षतामा सम्पन्न भएको मासिक गजल गोष्ठी कार्यक्रमको सञ्चालन उर्दू साहित्यकार अन्सर नेपालीले गरेका थिए ।
    सो गजल गोष्ठीमा गुल्जारे अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, अन्सर नेपाली, असफाक रसूल हाशमी, मेराज अहमद (हिमाल), अव्दुल हमीद सिद्दीकी (भोला), नसीम अहमद कादरी, इस्माइल अन्सारी, जावेद अहमद लगायतले “कहीं वो सुबह करते हैं कहीं वो शाम करते हैं” मिश्ररामा आ–आफना गजल वाचन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology