(Thursday 29th of October 2026)
`

सगरमाथा स्कूलद्धारा महिला दिवसमा भलिबल प्रतियोगिता

  • प्रथमलाई नगद पुरस्कार प्रदान
  • सगरमाथा गन्तब्य
  • 21.1K
    SHARES

    नेपालगन्ज २४ फागुन – १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सोमवार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा भलिबल प्रतियोगिता भएको छ । वडा नं. १८ दिपनगर अवस्थित सगरमाथा ई.मि. हाई स्कूलको आयोजनामा महिला भलिबल प्रतियोगिता भएको हो ।
    स्कूलका संस्थापक लक्ष्मी बिसीले रेफ्री श्रृष चौधरीलाई भलिबल प्रदान गरेर खेलको उद्घाटन गर्नुभएको थियो । विद्यालयका शिक्षिका शिक्षिका विच भएको प्रतियोगितामा दुई टिम सहभागिता रहेका थिए ।


    जसमा कन्चनजंङघा टिम र माछापुच्छे टिम विच भएको प्रतियोगितामा माछापुच्छे टिमले कन्चनजङघालाई ३–१ सेटले पराजित गरेको थियो । जसमा माछापुच्छेले २७–१८, २१–२७, २५–२१ कन्चनजङघालाई अंक ल्याई विजयी हासिल गरेको थियो । विजयी हुने टिमलाई विद्यालयका संस्थापक बिसीले नगद रु २ हजार पुरस्कार प्रदान गर्नुुभएको थियो ।

    यस्तै महिला दिवसको अवसरमा विद्यालयका बालवालिकाहरुले प्ले कार्ड प्रदर्शन गरेका छन् । विद्यालयकै प्राङगणमा बालवालिकाहरुले प्लेकार्ड देखाएर महिला दिवस मनाएका छन् । विद्यालयका माध्यमिक तहका कोअडिनेटर गोकुल प्रसाद अधिकारीको नेतृत्वमा बालवालिकाहरुले प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology