(Wednesday 28th of October 2026)
`

शिवाङ्गिणीको अग्रसरतामा बाटिका फुड फेस्टिबल।

  • सगरमाथा गन्तब्य
  • 17K
    SHARES

    साहिल अन्सारी
    नेपालगन्ज १८ फागुन-नेपालगन्जमा फुड फेस्टिबल हुन लागिएको छ।होटेल बाटिकाको आयोजनामा यहि फागुन २२ गते सो फेस्टिवल गर्न लागिएको आज नेपालगन्जमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।नेपालगन्जका महत्त्वपूर्ण परिकारहरु फेस्टिबलमा राखी नेपालगन्जको महत्त्वपूर्ण खानेकुराहरु लाई चिनारीको रुपमा राखी प्रबर्द्धन गर्ने उद्देश्यले सो फेस्टिबल गर्न लागिएको बाटिकाकि प्रबन्ध निर्देशक शिवाङ्गिणी राणाले बताउनुभयो।फेस्टिबलमा चौलिक्काको हलुवा पराठा, आइसक्रीम, कृमबेल, बुटिक,क्लासिकटेक ईन्टरनेट,मट्री अचार,बेनि फिटनेश,डोसा,सेवा क्लिनिङ,भारतीय गोर्खा सैनिक तालिम केन्द्र,डेलिटेक(आईटी),भिन्टेज कलेज लगायतका १९ वटा महत्त्वपूर्ण स्टल राखिने प्रबन्ध निर्देशक राणाले बताउनुभयो।

    सम्भवत: यस खालको मल्टिपल फेस्टिबल राजधानी बाहिर पहिलो पटक हुन लागेको राणाको दाबी छ।फागुन २२ गते बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म फेस्टिबल चल्ने आयोजकले जनाएको छ।सो फेस्टिबलको प्रायोजक सेन्चुरी बैंकले गरेको छ।उक्त फेस्टिबकमा प्रबेश नि:शुल्क गारिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology