(Saturday 25th of July 2026)
`

राँझा विमानस्थलमा आपतकालीन उद्धार अभ्यास

  • सगरमाथा गन्तब्य
  • 20.7K
    SHARES

    नेपालगन्ज १४ फागुन : नेपालगन्ज विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात उद्धारलाई व्यवस्थित र छिटो छरीतो बनाउन नेपालगन्ज बिमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेतको सहभागितामा फुल स्केलको आपतकालिन अभ्यान गरिएको हो ।
    अन्तराष्ट्रिय विमानस्थलमा यस्ता अभ्यास हुने गरे पनि आन्तरिक विमानस्थलमा वृहत अभ्यास सहित पहिलो पटक अभ्यास गरिएको हो । अभ्यासका लागि भैरहवा, धनगढी, जुम्ला विमानस्थलबाट प्राविधिक र वायुसेवा कम्पनीका विमानस्थल प्रमुखहरु समेत नेपालगन्ज आएका थिए । व्यवहारिक अभ्यास र आपतकालिन अवस्थामा अपनाउनु पर्ने कामबारे प्राविधिकलाई जानकारी दिईएको छ । नेपालगन्ज विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा सबैभन्दा व्यस्त विमानस्थल पनि हो ।
    जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस्तो अभ्यास गरिएको ।
    अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर शुक्रबार १० देखि साढे १० बजेको बीचमा विमानस्थलमा यस्तो अभ्यास गर्न लागिएको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
    फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा आउनेछन् । एम्बुलेन्स तथा दमकलसमेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यान गरिएको हो ।
    आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भएपनि वृहत अभ्याससहित पहिलो पटक कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो । पूर्णकालीन अभ्यासका लागि भैरहवा, धनगढी, जुम्लासहित आसपासका अन्य विमानस्थलबाट समेत प्राविधिक नेपालगन्ज आएका थिए । सुदुरपश्चिम र कर्णाली भेगका विमानस्थलका लागि यो हव विमानस्थल हो । पछिल्लो समय नेपालगन्जबाट पोखराका लागि समेत सिधा उडानको परीक्षण भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology