(Wednesday 28th of October 2026)
`

‘तिरस्कार पाएकाहरु ,ढाडस बन्दै ’

  • सगरमाथा गन्तब्य
  • 16.5K
    SHARES

    नेपालगन्ज १४ फागुन – बाँकेको राप्तीसोनारी गाउपालीकाकी ३० बर्षिय मिना थापाका पतिलाइ २०६८ सालमा एचआइभी देखियो । पतिले सुरुमा आफुलाइ केही नभनेपछि उनले शंका गर्ने बाटोपनि रहेन् । तर पतिलाइ बिस्तारै रोगले च्याप्दै गयो । पतिले आफुलाइ एचआइभी छ भनेको दुइदिन पछि पतिको मृत्यु भयो । एकातिर पतिको मृत्युको बियोग अर्काे तिर एचआइभी पोजीटिभ भएको कुराले उनी आफुलाइ समाल्न सकिनन् । त्यसको एक बर्ष पछि आफनो पनि रिपोट पोजिटिभ भएको थाहा पाइन्। उनले आफनै घरबाट तिरस्कार भोग्नुपरयौ ।आफन्त सबैले घरको ढोका बन्द गरीदिए ।
    घर बाट छुटीएर एकल भएर बस्नुपरयौ । छोराछोरीलाइ एक्लै हुकाउनुपर्ने दायित्य थपीयो । कहिले आफै मर्छुकी भन्ने सोच पनि पलायो । त्यतिखेर उनलाइ त्यो तिरस्कार भन्दा पनि बर्षको छोरा अनि ६ बर्षको छोरीलाइ एचआइभी भयो की भन्ने चिन्ताले उनलाइ थप पिडा दियो । उनले हिम्मत हारिनन् ।
    ‘पाच पटक भयो छोराछोरी लाइ चेक गराएको धन्न पोजिटिभ देखिएको छैन’ उनले भनीन्, ‘पतिका कारणले छोराछोरीले पनि दुखं पाउलान भन्ने बोझ टरेको छ’ । डाक्टरको सल्लाहमा नियमीत उनि ८ बर्षदेखि एचआइभी संक्रमण विरुद्धको औषधि खादै छन् । ‘एचआइभी असुरक्षीत यौन सम्बन्धले मात्र सर्न सक्छ भन्ने मान्यता हटाउन जरुरी छ ,यस्लाइ सामान्य रोग मान्न जरुरी छ’ उनले भनिन,‘सक्रमित आफैले आत्मबिश्वास बढाउन जरुरी छ’ ।
    यस्तै खजुराकी रिता क्षेत्रीलाइ पनि पति बाट एचआइभि सक्रमित हुन पुगीन । रोग लुकाएकै कारण पतिको १८ बर्ष अघि मृत्यु भयो । एक छोरा २ छोरीको जिम्मेवारी उनको काधमा आयो । उनलाइ जिबन बाच्नु निरर्थक जस्तो लाग्यौ ।आफु जस्तै सक्रमित लाइ भेटेपछि उनको पिडा कम भयो । डाक्टरको सल्लाह अनुसार उनले आफु जस्तै सक्रमितको सेवामा काम गर्ने निधो गरीन् । १७ बर्षदेखि उनि सक्रमितको पहिचान उनिहरुको हौसला बढाउन तल्लीन् छन् । आफना कथा अनुभव सुनाउदै उनि सक्रमित लाइ उर्जा दिन्छीन् । ‘सुरुमा मर्नपाए हुन्थ्यौ जस्तो लाग्थ्यौ ’उनले भनिन ,‘काम गर्दै जादा आफना समस्या भुल्दै गए अब अरुका लागि सहयाृेगी बन्न पाए उन्थ्यौ जस्तो लाग्छ ’।
    २०६० सालबाट उनि सक्रमित भएपनि अझै बिमारी परेकी छैनन् । ४९ बर्षिय रिताले भनिन् ‘रोग संग लडन आफैले आत्मबलको औषधी बनाउनुपर्छ’ उनले भनिन,‘सक्रमीत अझै पनि अस्पतालमा औषधी खान आउन मान्दैनन्,लजाउछन, तेस्तालाइ घरमा नै औषधी पु¥याउछौ’ ।
    बाँकेकै रामकुमारी चौधरीले पति एचआइभी सक्रमित भएको समयमा थाहा पाउन सकिनन् । पतिले आफुलाइ एआइभी भएको कुनै शंका दिएनन्। जब पति बिरामीले सिकीस्त हुन थाले उनि पतिको उपचारको लागि अस्पताल धाउन थालीन ।जति उपचार गर्दा निको नभएपछि डाक्टरको सल्लाहमा पतिको एचआइभी टेस्ट गराउदा रिपोट पोजिटिभ देखियो ।
    उनि छागाबाट खसे जस्तै भइन् । त्यतिखेर उनका ५ बर्षिय छोरा काखमा थिए । उनलाइ भने पोजिटिभ देखिएन तर उनि आफै भने पति बाट सक्रमित हुन पुगिन । ‘मर्नपाए पनि हुने जस्तो लाग्थ्यौ ’मंगलबार नेपालगंन्जमा भेटीएकी रामकुमारीले भनिन,कोही दुइ चार जना जम्मा भएर कुरा गर्दा पनि मेरै कुरा काटेर बसेका छनकी जस्तो लाग्थ्यौ ’ १० बर्षदेखि उनि एचआइभी को औषधी खादै छन् । पति र उनको अवस्था सामान्य छ । तर सामाजीक रुपमा उनि खुलेर बाहिर आउन सकेकी छैनन् । ‘जति पढेलेखेका भएपनि कुरा बुझदैनन्’ उनले भनिन,‘ कसैले थाहा पाएभने घृणा गर्छन की जस्तो लाग्छ’ तर उनि अहिले समुदायका आफुजस्तै एचआइभी सक्रमितको ढाडस बनेकी छन् ।
    उनिहरुको भावना बुझने उनिहरुका समस्या लाइ सहजीकरण गर्ने काममा सक्रिय छन् । ‘समाजका लागि नभइ आफनै लाइ बलियो बन्न आवश्यक छ आफै कमजोर भइयो भने कुनै रोग जित्न सकिन्न ’ उनको अनुभवले यहि सिकाएको छ । भर्खर कोरोना लाइ जितेर उनि थप आत्मबल बढेको बताइन् ।
    ‘अहिलेसम्म हामि पतिपत्नी लाइ केही समस्या छैन ’उनले ‘भनिन नियमीत औषधी खादै छौ कुनै त्यस्तो साइड इफेक्ट समस्या देखिएको छैन्’
    बाकेमा आब बर्ष २०७६÷७७ सम्मको अभिलेख अनुसार १२१७ जना एचआइभी सक्रमित छन् । हालसम्म १५४ जनाको एड्सका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका प्रमुख धिरजंग शाहले बताए ।
    सरकारले भेरी अस्पताल नेपालगन्जमा २०६१ सालमा स्थापना गरीएको एचआइभी परामर्श केन्द्रमा अहिलेसम्म १ हजार ४ सय ४४ जनाले संक्रमितले सेवा लिएका छन् । ४ सय ८३ जनाले अहिलेपनि नियमित औषधि लिइरहेका छन् । बरिष्ठ फिजिसियन तथा भेरी अस्पताल नेपालगन्जका एचआइभी फोकलपर्सन डाक्टर संकेत रिसालले पछिल्लो समय एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा सकारात्मक बन्दै गएको बताए । ‘अहिलेसम्म ११ संक्रमित आमाबाबुबाट जन्मिएका बच्चामा एचआएचभी संक्रमण देखिएको छैन्’ डाक्टर रिसालले भने,‘सुइ दारा लागुऔषध लिने ,यौनकर्मी ,पुरुष समलिङ्गि तथा तेस्रोलिगिहरु तथा रोजगारीका लागि बिदेशीनेहरुमा सक्रमण दर अरु जोखीम समुह भन्दा बढि छ’ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology