(Wednesday 28th of October 2026)
`

नेकपा बाँके जिल्ला कमिटि सदस्यहरुलाई खुवाईयो सपथ

  • सगरमाथा गन्तब्य
  • 15.3K
    SHARES

    नेपालगन्ज ०९ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेको सपथ ग्रहण तथा पाँचौ पुर्ण बैठक आज नरैनापुरमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेको जिल्ला कमिटिमा मनोनित भएका सदस्यहरुलाई सपथ ग्रहण गरि पुर्णकालिन बैठक सम्पन्न भएको हो । नेकपा बाँकेका अध्यक्ष सुर्य ढकालको अध्यक्षता भएको सपथ ग्रहण तथा पुर्णकालिन बैठक कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश नेकपाका अध्यक्ष लीला गिरिले मनोनयन भएका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । मुलघर पार्टी नेकपा नै रहेको हुनाले मुलघरमा आउन लाज नमानेर आउन लुम्बिनी प्रदेश नेकपाका अध्यक्ष लीला गिरिले बताउनुभयो ।
    झुक्किएर घर वाहिर रहेका सदस्यहरुलाई घरमा आउन गिरीले आग्रह गर्नुभयो । अहिले समय छ पछि निकास निस्केपछि पछुताउनु भन्दा अहिले नै घरमा आउन उहाँले आग्रह गर्नुभयो । अहिले केही विग्रेको छैन् हामी पनि घरमा स्वागत गर्न अतुर छौं उहाँले भन्नुभयो । पार्टी कुनै पिकनीक खाए जस्तो नभई जनताको योगदान रहेको हुनाले अहिले नै सोचविचार गरि पुरानै घरमा आउँदा अति उत्तम हुने उहाँले बताउनुभयो । अव नेकपामा रहेका पदाधिकारीलाई योग्यता, क्षमताको आधारमा योगदान गरेका सदस्यहरुलाई कामको जिम्मेवारी दिने उहाँले भन्नुभयो ।


    सपथ ग्रहण कार्यक्रममा नरैनापुरको भौतिक विकास भएपनि मानवहरुको विकास नभएको हुनाले पार्टीका पदाधिकारीहरुलाई मानवको विकास तिर ध्यान दिन नेकपाका केन्द्रिय सदस्य देवराज भारले जानकारी गराउनुभयो । विजुली बत्ति पुग्यो, सडक मर्मत भयो तर नरैनापुरवासीहरुलाई साक्षर बनाउन नसकिएको नेकपाका केन्द्रिय सदस्य मोहम्मद हारुनले बताउनुभयो ।
    स्थानियहरुलाई साक्षर बनाउन नेकपा पार्टी अगुवाईको भुमिका खेल्ने उहाँले बताउनुभयो । नरैनापुरवासीका लागि शैक्षिक जागरण, जनचेतना, प्रशिक्षण, सडक नाटक जस्ता कार्यविधि बनाई त्यस क्षेत्रवासीलाई साक्षर बनाउन अति आवश्यक रहेको छ र यो अभियान थालनी गर्ने नेकपाका जिल्ला कमिटिका सदस्यहरुलाई आजैदेखि लाग्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
    नेकपा बाँकेका अध्यक्ष सुर्य ढकालले जिल्ला कमिटिका पदाधिकारीहरुलाई हरेक वडाको डाटा संकलन गरि दायरीमा अनिवार्य राखिरहने ताकि जतिवेला पनि आफ्नो वडाको वारेमा जानकारी दिन सक्ने वातावरण सृजना होस उहाँले भन्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य भुबनेश्वर ढकाल, देबराज भार, शान्ति ढकाल, पुजन बि.क. लगायतले मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन नेकपा पाटीका जिल्ला सचिब प्रमोद धितालले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology