खजुरा ०४ फागुन-लियो क्लब अफ नेपालगन्ज खजुरा, बागेश्वरी अप्टिकल्स र अरुणोदय बोर्डिङ स्कुलको सयुक्त आयोजनामा खजुरा गाउपालिका-४ मा अरुणोदय बोर्डिङ स्कुलमा निशुल्क आँखा सिविर सम्पन्न भएको छ। करिब ९० जना विद्यार्थी र अभिभावक लगायत समुदायका ब्यक्तिले सेवा लिएका छन् । बागेश्वरी अप्टिकल्सका आँखा स्पेसलिस्टहरुले निशुल्क सेवा प्रदान गरे, भने लियो क्लब अफ नेपालगन्ज खजुराका सदस्यहरुले सम्पुर्ण ब्यवस्थापनको जिम्मा लिएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ नेपालगन्ज बजारका प्रतिनिधि लायन्स जोन चेयरपर्सन लायन सरोबर प्रसाईं र खजुरा गाउपलिका प्राथमिक उपचार केन्द्रका डर्माटोलोजिस्ट जीवन यादवको समेत उपस्थिति रहेको थियो। शिविरमा नेपालगन्जमा रहेका विभिन्न लियो क्लब सदस्यहरुको उपस्थिति रहेको थियो । लियो क्लब अफ नेपालगन्ज खजुराकि अध्यक्ष लियो अरुणा गुरुङले जानकारी दिनुभयो।

