(Wednesday 28th of October 2026)
`

यही फागुन २१ –२५ गतेसम्म सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता नेपालगन्जमा हुने

  • सगरमाथा गन्तब्य
  • 12.4K
    SHARES

    नेपालगन्ज ०४ फागुन – सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता नेपालगन्जमा हुने भएको छ । यही फागुन २१ गतेदेखि २५ गतेसम्मको लागि प्रधानमन्त्री कम आमन्त्रण महिला भलिबल हुने भएको हो । बाँके जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्रतियोगिताको मुल आयोजक समितिका संयोजक प्रदेश सांसद कृष्णा केसी नमुनाले आज पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको बारेमा मिति टोकेको जानकारी गराउनुभयो ।
    नेपालगन्ज रंगशालाको कभर्डहलमा हुने प्रतियोगितालाई विगतको भन्दा यस बर्ष भव्यका साथ प्रतियोगिता संचालन गरिने जानकारी गराउनुभयो पुरस्कार राशीको भने अहिले पहिलेको भन्दा बृद्धि हुने जानकारी समेत उहाँले गर्नुभयो । बाँकेका ८ वटै स्थानिय तहका उपप्रमुखहरुको एक्ववद्धता रहेको प्रतियोगिताको सह संयोजक नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर रहनुभएको छ ।
    प्रधानमन्त्री कप प्रतियोगितामा कोहलपुर नगरपालिकाका उपमेयर सन्जु चौधरी, खजुरा गाउँपालिकाका उपमेयर एकमाया विक, जानकी गाउँपालिकाका उपमेयर भुमिसरा धिताल, राप्तीसोनारी गाउँपालिकाका उपमेयर धनिसरा खत्री, बैजनाथ गाउँपालिकाका उपमेयर शारदा रेग्मी विकको पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो । प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिस क्लव, दोश्रो संकरणमा एपिएफ, तेश्रो र चौथोमा रेलवे इण्डिया, पाँचौमा एपिएफ र छैठौमा पुलिस क्लव बिजयी भएका थिए । विगतमा जसरी यसपालि पनि भारत र बांगलादेशका क्लवको सहभागिता रहने आयोजक टिमले जानकारी गराएको छ । प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology