(Wednesday 28th of October 2026)
`

राष्ट्रिय निर्देशक र परिवर्तनका संवाहक किशोरीहरु बिच अन्तरक्रिया

  • सगरमाथा गन्तब्य
  • 14.2K
    SHARES

    नेपालगन्ज ०२ फागुन : प्लान ईन्टरनेशनल नेपाल का राष्ट्रिय निर्देशक एलिजाबेथ सातोले मधुवन नगरपालीका बंगालीपुर सिओसी केन्द्रका किशोरीहरुसँग अन्तरक्रिया गरेकी छिन् ।
    प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणिय विशिष्टता समुह (बी ग्रुप) बाँकेको साझेदारीमा सञ्चालित बालीका तथा युवा शसक्तिकरण (नेतृत्व र निर्णय) कार्यक्रम अन्तर्गत परिवर्तनका संवाहक समुहका किशोरीहरुसँग अन्तरक्रिया गरेकी हुन् ।
    अन्तरक्रियामा सिओसी केन्द्रका सहभागीहरुले आफुहरुमा आएको परिवर्तन र परिवार र समुदायमा आफुले गरिरहेको कामको बारेमा जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा सिओसि केन्द्रकी किशोरी रुवी थारुले किशोरी कक्षामा व्यक्तिगत जिवन परिवर्तका लागी धेरै कुरा सिकेको र आफुले सिकेका कुरालाई आफ्नो घर परिवार र समुदायमा बताउने गरेको बताईन् । यसै गरी अञ्जली चौधरीले बालविवाह जस्तो सामाजिक अपराध गर्न नहुने र बालविवाह रोकथामका लागी आफुले समुदाय र साथीहरुलाई जन चेतना फैलाईरहेको बताईन् ।
    अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निर्देशक एलिजाबेथ सातोले महिलाहरुले धेरै संघर्ष गर्नुपर्ने र आफुले संघर्ष गरेरै यो ठाउमा पुगेको बताईन् । पुरुषहरुले महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन हुन नसकेको र यसका लागी महिलाहरु स्वयं अगाडी आउनुपर्ने र महिलाहरुले आफ्नो अधिकार स्थापनाका लागी थप शसक्त हुनुपर्ने बताईन् । निर्देशक सातोले किशारीहरुलाई देशको उच्च ओहोदामा पुग्न, डाक्टर, ईन्जिनियर, र सफल सामाजिक अभियन्ता हुनका लागी उत्प्रेरित गरेकी थिईन् ।


    सिओसी केन्द्रका किशोरीहरुले राष्ट्रिय निर्देशक एलिजाबेथ सातो र प्लान ईन्टरनेशनल नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुलीले सिओसी केन्द्रका किशोरीहरु सँगै यो नेपाली शि उचाली र बाल विवाह नगरौ बोल रहेको छुटियामा लेहनु भतार गितमा नृत्य गरेका थिए ।
    सिओसी केन्द्रका किशोरीहरुले एलिथाबेथ सातो र क्षेत्रीय प्रबन्धक मिना पराजुलीलाई थारु संस्कृतीको ढकिया मायाको चिनो प्रदान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology