(Saturday 25th of July 2026)
`

थारु पत्रकार र मैटहवा युवा क्लबले माघ मिलन तथा सांस्कृति कार्यक्रम गर्ने

  • सगरमाथा गन्तब्य
  • 17.7K
    SHARES

    नेपालगन्ज २१ माघ – “कला र संस्कृतिलाई संरक्षण गरौं” भन्ने मुल नाराका साथ यही माघ २९ र ३० गते कोहलपुर नगरपालिका ३ मैटहवामा माघ मिलन तथा साँस्कृतिक कार्यक्रम २०७७ हुने भएको छ । थारु पत्रकार संघ नेपालको आयोजना तथा मैटहवा युवा क्लवको सह आयोजनामा माघ मिलन तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने आयोजक टिमले जानकारी गराएको छ ।
    थारु समुदायको महान पर्व माघको अवसरमा थारु पत्रकारले हरेक बर्ष झै यस बर्ष पनि भव्यका साथ माघ मिलन तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । थारु समुदायले माघ महिनालाई नयाँ बर्षको रुपमा समेत मानिने गर्दछन् । माघ पर्वलाई लक्षित गरि माघमा गरिने कामकाजको बारेमा जानकारी लगायत थारु समुदायको रहनसहन झल्कने सांस्कृतिक नाचगान समेत प्रस्तुत गर्ने मैटहवा युवा क्लवका सचिव हिमेन्द्र चौधरीले जानकारी दिनुभयो । माघमा थारु समुदायले विभिन्न प्रकारका खाने परिकारको स्वाद समेत चखाउने क्लबका सचिव चौधरीले बताउनुभयो ।


    कार्यक्रममा विभिन्न स्टल समेत रहने तथा सांस्कृतिक कार्यक्रममा आउने कलाकारहरुमा भोजपुरी नायीका सालुनी विष्ट, चर्चित मोडल लोसिना लामिछाने, मोडल तथा डाइरेक्टर राजन कुमार बैश्य, चर्चित गायीका सोनु कुश्मी, समिक्षा चौधरी, मोडल तथा डान्सर प्रिति परियार, गायक खेम भौगरिया, उमेश मुस्कान, राजु चौधरी, रोशन रत्गैया, विश्वसागर परियार, अशोक चौधरी, विष्णु थापा, मस्ति बर्दियाली, राज चौधरी, राम आरोह चौधरी, प्रमोड डिजी, नितु चौधरी, सन्जिता चौधरी, श्रीदेबी चौधरी, हास्य कलाकार आरएन गौतम, मोडलमा विवश जिएच, जगत गुरु, कुन्दन चन्द, विर चौधरी, मुकुन्द जिसी, सन्जु बाबा, शिशिर धम्लहवा, राजकुमार चौधरी, मुन कुश्मी, रामदयाल थारु, सत्यनारायण फेटारा, विकास चौधरी, विमल चौधरी, एडी विश्वकर्मा, विकास विश्वकर्मा, नरेश चौधरी (देवदास) प्रदिप चौधरी, आशिका राजौरे, भोजपुरी डान्सर देव विश्वकर्मा, विर्मा परियार, मोडेलमा रितु चौधरी, झरना चौधरी, सुनिता दहित, सुनिता चौधरी, सन्जिता सुन कुशुम्या , महिमा चौधरी, दिपिका जिएच, समु चौधरी, ममता चौधरी, सोनम कठरिया, निरमला चौधरी, पुजा चौधरी, पुजा ओली, बिनु कुश्मी, नानु क्विन निरमला, सुमित्रा चौधरी, सन्जु क्षेत्री, जेसिका खड्का, राधा चौधरी, लक्ष्मी चौधरी, संजित ओली, लगायत ६० भन्दा बढि कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका संयोजक भगतराम थारुले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology