(Wednesday 28th of October 2026)
`

अत्याधिक हावाहुरी र हिमपात : जापानमा एकैदिनमा एक सय उडान रद्द !

  • सगरमाथा गन्तब्य
  • 15.8K
    SHARES

    एजेन्सी, १७ माघ । जापानमा अत्याधिक हावाहुरी र हिमपातका कारण शुक्रबार एकैदिन झण्डै एक सय उडान रद्द भएका छन् । माैसमा तीव्र खराबी देखिएपछि एकै दिन यति धेरै मात्रामा उडानहरु रद्द गर्नुपरेकाे त्यहाँ उड्डयन अधिकारीहरूले जनाएका छन् ।

    समाचार एजेन्सीहरूकाे अनुसार जनापानमा विशेषतः उत्तरी भू-भागमा तीव्र हावाहुरीका साथै बाक्लाे हिमपात भएकाे थियाे । साेही कारण त्यहाँका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) ले मात्रै ४६ उडान र जापान एयरलाइन्स (जेएएल) ले ३४ उडान शुक्रबार रद्द गरेका थिए । अन्य गरी कुल ९८ वटा उडान रद्द भएको बताइएकाे छ । शुक्रबार जापानकाे होकाइदोमा प्रति सेकेण्ड ३० मिटरको गतिमा हावाहुरी चलेकाे बताइन्छ । रद्द भएका धेरै उडानहरू होकाइदो र उत्तरी होन्शुबाट हुने उडान नै रहेको अधिकारीहरुले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology