(Wednesday 28th of October 2026)
`

खजुरामा औद्योगिक ग्राम निर्माणको कार्य तिब्र

  • सगरमाथा गन्तब्य
  • 21.1K
    SHARES

    नेपालगन्ज ०९ माघ – बाँकेको खजुरा गाउँपालिकामा ‘खजुरा औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ । त्यसका लागि पालिकाले खजुरा औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । सरकारले देशभरिका सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने कार्यक्रम अन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो ।
    स्थानीय सीप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रिपरिषद्को बैठकले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेअनुसार बाँकेको खजुरा गाउँपालिका सरकारको सूचीमा परेको थियोे । खजुरामा बन्दै गरेका औद्योगिक ग्रामले यहाँको समग्र व्यावसायलाई प्रोत्साहन गर्नुका साथै युवाहरुलाई व्यवसाय तर्फ उन्मुख गराउन प्ररित गर्ने स्थानियको आशा छ ।
    खजुरा गाँउपालीकाकै जगराम हरिजन सिकर्मीको काम गर्छन् । खजुरामा औद्योगिक ग्राम बनेपनि आफु र आफुजस्ता ज्याला मजदुरी गरेर गुजारा गर्नेहरुका लागि निक्कै सजिलो हुने कुराले उनि मख्ख छन् । हरिजन जस्ता मजदुरी गरेर खाने यहाँका स्थानियहरु औधोगिक ग्राम बन्ने भएपछि खुसी भएका छन् । आफ्नै स्थानमा औद्योगिक ग्राम बन्नु खुसीको कुरा हो उनले भने, यसमा हाम्रो दाजुभाई वहिनीहरु काम पाउने उनले जिकिर गरे ।


    डीपीआरका अनुसार करिब चालिस करोडको लागतमा २१ बिघा क्षेत्रफलको औद्योगिक ग्राम भित्र विभिन्न भौतिक पूर्वाधार तयार पारिने पालिकाले जनाएको छ । सो औद्योगिक ग्रामभित्र पहिलो चरणमा प्रशासनिक भवन, हेल्थ पोस्ट, गार्ड रुम, पार्क, बाटो, खानेपानी, विद्युतीकरण लगायतका काम गरिने छ । सरकारको सो निर्णयलगत्तै खजुरा गाउँपालिकाले वडा नम्बर ६ पुरैनामा औद्योगिक ग्राम निर्माणका लागि २१ बिघा जग्गा व्यवस्थापन गरेको थियो ।
    सो जग्गालाई तारबार गर्ने तथा चौकीदार बस्ने घर बनाउने काम अहिले तीव्र गतिमा भइरहेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ‘टोकन मनी’का रूपमा आर्थिक वर्ष २०७६÷७७ मा ९२ लाख रुपियाँ प्राप्त गरेको थियो । सोही रकमबाट हाल काम भइरहेको पालिकाले जनाएको छ । बर्सेनि बजेटमा वृद्धि गर्दै औद्योगिक ग्रामको डीपीआर बमोजिम कामलाई अगाडि बढाउँदै लैजाने योजना रहेको खजुरा गाउँपालिका बताउँछ ।
    बन्दै गरेको औद्योगिक ग्रामले लगानीकर्तालाई खजुरामा आकर्षित गर्नुका साथै खजुरा गाँउपालिका नमुना गाउँपालिकाका रूपमा स्थापित हुनेमा कुनै शंका छैन । यसकारण पनि खजुरा गाँउपालिकाले साना ठूला लगानीकर्ता आकर्षित गर्ने नीति बनाएर अगाडि बढ्न जरुरी छ । करिव ३५ बर्ष जग्गा कव्जा गरेर बसेका स्थानिय जग्गा धनि भने सन्तुष्ट नरहेको बताएका छन् ।
    लामो समय पुस्तौंदेखिको जोतभोग गर्दै आएका उनिहरु अति गरिवहरुको उठिवास हुने भएको हुनाले उनिहरुको बन्दोबस्त मिलाएर औद्योगिक ग्राम बनाए आफुहरु पनि सन्तुष्ट हुने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology