(Wednesday 28th of October 2026)
`

उपाधिका लागि शुक्रवार आयोजक र मसुरिया भिड्ने

  • सगरमाथा गन्तब्य
  • 13.7K
    SHARES

    नेपालगन्ज, ०५ माघ – आयोजक जयकिसान स्पोटर््स क्लब “ए” ले एफएफएसए दाङलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
    जयकिसान स्पोटर््स क्लबले आयोजनामा बाँकेमा संचालन भइरहेको स्वार्गीय स्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको दास्रो समिफाइनमा जयकिसानले दाङलाई हराउँदै उपाधिको नजिक पुगेको हो ।
    जयकिसानले दाङलाई १–० ले हरायो । जयकिसानका विनोद केसीले १२ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।
    अब उपाधिका लागि जयकिसान र मसुरिया एकेडेमी, कैलालीबीच प्रतिस्पर्धा हुनेछ ।
    मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीले सहारा एफसी, लखनउलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
    प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुनेछ । खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
    खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology