(Wednesday 28th of October 2026)
`

उद्यमी बन्न आवश्यक सामग्री हस्तान्तरण

  • सगरमाथा गन्तब्य
  • 14.1K
    SHARES

    लक्ष्मी तिमिल्सेना – बदिया ५, माघ – गेरुवा ग्रामिण जागरण संघ बर्दियाले सन्चालन गरेका भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने डकर्मी तालिम र बेमौसमी तरकारी खेतीका टनेल बनाउने तालिमका १०÷१० जना सहभागीहरुलाई तालिममा सिकेका ज्ञान तथा सीप व्यवहारमा प्रयोग गरी उद्यमी बन्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
    यही २०७७ माघ ५ र ६ गते राजापुरमा दुबै तालिमको औपचारिक समापन गर्दै राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, उपप्रमुख मनकला कुमारी चौधरी र यूएस एड तयार नेपालका प्रतिनिधिरुले ती सामग्रीहरु वितरण गरेका हुन ।
    जम्मा रु ८ लाख ७१ हजार २२ रुपैयाको सामग्री पाएका तालिमेहरुमध्ये भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने डकर्मी तालिम लिएकाले प्रतिव्यक्ति १७ हजार बराबर र बेमौसमी तरकारी खेतीका टनेल बनाउने तालिम लिएकाले प्रतिव्यक्ति ६१ हजार बराबरको सामग्री बुझेको संस्थाका अध्यक्ष कृष्णजंग शाहले जानकारी दिएका छन् ।
    सामग्री हस्तान्तरणका अवसरमा राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले तालिम प्राप्त हरेक सहभागीले आफूले सिकेको सीपअनुसार उद्यम गर्न आग्रह गर्नुभयो । छिटै शुरु नगरिए सिकेका कुरा विर्सिने र सामग्री पनि प्रयोग विहिन शुने भएकोले पालिका र वडाले उद्यम शुर गरेनगरेको अनुगमन गर्ने पनि बताउनु भयो ।
    कार्यक्रममा गेरुवा ग्रामीण जागरण संघका अध्यक्ष कृष्णजंग शाहले परियोजनाले देखाएको बाटो र सिकाएको सिप प्रयोग गरेमा सबै तालिमेहरु आत्म निर्भर बन्न सक्ने भन्दै सहभागीहरुलाई उत्प्रेरित गर्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology