(Wednesday 28th of October 2026)
`

कोभिड १९ प्रतिकार्य परियोजनाको सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 16.3K
    SHARES

    बदिया ५, माघ – युएसएआईडीको आर्थिक तथा प्राबिधिक सहयोगमा राजापुर नगरपालिकाको समन्वय तथा सहकार्यमा र गेरुवा ग्रामीण जागरण संघद्वारा राजापुरमा सन्चालित कोभिड –१९ प्रतिकार्य परियोजनाको सिकाइ आदानप्रदान एवम् परियोजना समापन कार्यक्रम मंगलवार राजापुरमा सम्पन्न गरिएको छ ।
    कोभिड १९ को प्रभावमा परेर विदेश, भारत र देसका विभिन्न स्थानबाट रोजगारी गुमाएर घर फर्केका तथा आफ्नै स्थानमा आर्थिक अभावका कारण समस्यामा रहेको व्यक्तिहरुलाई लक्षित गरी सन्चालन गरिएको परियोजनाको सिकाई आदान प्रदान कार्यक्रममा राजापुर नगरप्रमुख शिवप्रसाद चौधरीले छोटो समयमा गेरुवा ग्रामिण जागरण संघले गरेको कार्यको प्रशंसा गर्नुभयो ।
    सो अवसरमा सबै मिलेर कार्य गर्दा छोटो अवधिमा पनि ठूलो काम गर्न सकिने सिकाइ भएको बताउनु भयो । राजापुरमा कोभिड १९ को प्रभाव कम गर्न यो कार्यक्रम निकै सहयोगी भएको स्मरण गर्दै सुरु गरिएका पहलहरुलाई दिगोपन दिन पालिकाले निरन्तर अनुगमन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
    कार्यक्रमका विशिष्ट अतिथि राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीले परियोजना कार्यान्वयनका बेला आफु अुगमनमा गएको र अनुकरणीय कार्य भएको पाएको बताउनुभयो । गेरुवा ग्रामिण जागरण संघका अध्यक्ष श्रीकृष्णजंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा राजापुर नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख, वडा अध्यक्षहरु, पालिकाका शाखा प्रमुखहरु, राजापुर उद्योग व्यापार संघ अध्यक्ष, गैससकर्मीहरु र कार्यक्रमका लाभग्राहीहरुको सहभागिता रहेको थियो ।
    सम्पन्न परियोजनाले राजापुर नगरपालिकामा हेल्प डेस्क स्थापना, सूचना व्यवस्थापन प्रणाली अद्यावधिक, ११ वटा कामकालागि नगद योजना सम्पन्न गरेर २०३ जनालाई २० दिनको रोजगारी, ३५७ घरलाई सशर्त नगद अनुदान र २६ जनालाई सीपमूलक तालिम दिएको थियो । साथै कामका लागि नगद र सीपमूलक तालिमका सहभागीहरुलाई कार्य गर्ने सामग्रीहरु पनि उपलब्ध गराएको थियो ।
    स्थानीय साझेदारको रुपमा परियोजना कार्यन्वयन गर्न यूएसएड तयार नेपालसँग ३२ लाख १३ हजार ४८९ रुपैयाको सम्झौता गरेको गेरुवा ग्रामिण जागरण संघले १ करोड ७२ लाख बढीको काम गरेको थियो भने १ करोड १४ लाख २४ हजार लक्षित लाभग्रहीलाई नै वितरण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology