(Wednesday 28th of October 2026)
`

सुर्खेतमाथि जयकिसानको विजयी

  • सगरमाथा गन्तब्य
  • 13.5K
    SHARES

    नेपालगन्ज, ५ माघ – जयकिसान स्पोट्स क्लबको आयोजना बाँकेको सैनिकमा संचालन भएको प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा जयकिसान स्पोर्ट्स क्लब ‘ए’ ले गुर्भाकोट क्लब सुर्खेतमाथि विजयी प्राप्त गरेको छ ।
    जयकिसानका लागि विक्रमसिंह ठकुरीको एकलौटी दुई गोलले आयोजकलाई सेमिफाइनलको यात्रा तय गराएको छ । सोमबार संचालन भएको अन्तिम क्वाटरफाइनलमा ठकुरीले ३० मिनेट र ७४ मिनेटमा गोल गरेका हुन् ।
    मंगलबारदेखि संचालन हुने सेमिफाइन खेलको अन्तिम चारमा जयकिसानसँगै, साहरा एफसि लखनउ, मसुरी एकेडेमी कैलाली र एफएफएसए दाङ पुगेका छन् ।
    मंगलबार हुने पहिलो सेमिफाइनमा सहारा र मसुरी प्रतिस्पर्धा गर्नेछन् ।
    प्रतियोगिताको अन्तिम फाइनल खेल माघ ९ हुनेछ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले सहभागिता जनाएका थिए । नकआउटको आधारमा खेलाइएको खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
    खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology