(Wednesday 28th of October 2026)
`

बन्यजन्तुको तस्करी बढ्दै

  • सगरमाथा गन्तब्य
  • 15.6K
    SHARES

    नेपालगन्ज ०५ माघ – गत कात्तिक १८ गते कोहलपुर ११ बाट रेड पाण्डाको छाला सहित गणेश नेपाली, लाल बहादुर नेपाली, रमेश थापा, बिनेश कार्की पक्राउ परे । असोज २२ गते कोहलपुर २ बाट मुगु खप्तडका टेक्रन्द्र परियार र गगन उपाध्याय कस्तुरी बिना थान सहित प्रहरीले पक्राउ ग¥यो ।
    त्यसको दुइ दिन अघि असोज २० गते डुडुवा गाउपालिकाको ४ बाट मरेको चित्तल सहित नेपालगंन्ज ९ बस्ने अन्जन हमाल राप्तीसोनारी ६ बस्ने सामेल रोका पक्राउ परे ।
    बाँके र बर्दिया दुइ जिल्लामा पर्ने देशकै ठुलो राष्ट्रिय निकुञ्जमा बन्य जन्तुको तस्करी बढेको पाइएको छ । निकुञ्ज क्षेत्रमा दुर्लभ मानिने पाठेबाघ मारेर हाड छाला तस्करी गर्ने संगठित तस्करहरुको समुह सक्रिय भएको पाइएको छ ।
    राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेपछि तस्करको सक्रियता बढेको हो । अहिले निकुञ्जको बाघ उनिहरुको निशानामा पर्न थालेका छन् । प्रहरीले गत असार २० गते दिउँसो ४ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका सिमलघारीका नवराज घर्तीले आफनै मकैबारीमा लुकाइराखेको पाठेबाघको छाला हडडी फेला पा¥यौ । प्रहरीका अनुसार यो हाडछाला चिनको तिब्बत पु¥याएर २४ लाख रुपैयामा बिकिै गर्ने तस्करहरुको योजना थियो ।
    तिब्बतीयन तस्कर संजालसंगको सम्पर्कमा रहेका मुख्य नाइके प्रकाश आचार्य जेठको दोस्रो साता बोको राष्ट्रिय निकुञ्ज बाहिर भौवा नाका तिर बिश्रण गर्दै गरेको दुर्लब पाठे बाघलाई गोली हानेर मारेको प्रहरी अनुसन्धानमा देखीएको छ ।
    बाँकेको पुर्वि क्षेत्रमा मारीएको बाघको छाला नरे घर्ती तिब्बत पु¥याएर बिक्री गर्ने तयारीमा थिए । तर प्रहरीले नवराज घर्ति सहित छाला पक्राउ गरेपछि तस्कर समुहका प्रकाश आचार्य र नरे घर्ति फरार भए । पहिले प्रहरीको खोजी सुचिमा रहेका ब्यत्ति पछिको घटनामा समलग्न देखिएपछि प्रहरी तस्कर समुहको नजिक पुगेको छ । कुनै बेला पक्राउ गर्न सकिने प्रहरीको दाबी छ ।
    दाङमा पनि माघको २७ गते पनि प्रहरीले सल्यानका तिन जनालाई बाँके निकुञ्जकै पाठे बाघको छाला र हडडी सहित पक्राउ ग¥यौ । उनिहरुको पनि बाघको हाड छाला तिब्बत पु¥याउने योजना थियो । त्यो बेला पनि मुख्य नाइके उम्कीए ।
    त्यसपछि तिब्बत जाने तस्करले आफु हिडने पुरानो मार्ग छाडेर बाँकेबाट दाङ रुकुर र डोल्पाको बाटो हुँदै पैदल तिब्बत पुग्ने नयाँ रुट बनाएका थिए ।
    पछिल्लो गणना अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बयस्क बाघ रहेका छन् । बाघको संख्या बढेपछि तस्कर बाघ हिडडुल गर्ने मार्ग ढुकेर बस्न थालेका छन् । जसका कारण निकुञ्ज समक्ष चुनौती उत्पन्न भएको छ ।
    बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहका अनुसार बन्यजन्तुको तस्करीमा नेपाल एउटा ट्रान्जीट रुपमा देखिन्छ । नेपालबाट चाइना लग्ने, तथा अन्यन्त्रको भारत लग्ने देखिन्छ ।
    ‘चुरेक्षेत्र तिर अलि बढी तस्करी भइरहेको होकी भन्न्ने महसुस गरेका छौ लामो दुरीमा पोस्टहरु स्थापना गर्न सकेका छैनौ’ शाहले भने,‘संमरक्षण क्षेत्र भित्रै बन्यजन्तु मारेको पाइन्छ । अधिकाश मुद्धाहरु छालाको व्यापार र जडिवुटिको व्यापारका छ । अहिलेको अवस्थामा राज्यको सम्पुर्ण शात्तिको ध्यान कोरोना सक्रमीत हुन नदिने तर्फ केन्द्रीत भएकाले निकुञ्जका दुर्लभ पाठेबाघ तस्करको निसानामा पर्न थालेका हुन ।
    नेपाली बाघ मार्नेको जनसम्पर्क तिब्बतीयन तस्करसंग बिस्तार हुँदै गएको देखिएको बाके प्रहरी प्रमुख ओम बहादुर रानाले बताए । ‘यसरी बन्यजन्तुका छाला हडडीहरु पैठारी गर्न भारत चाइना तिब्बत तिर लैजान खोज्छन्’ बाके प्रहरी प्रमुख रानाले भने,‘ एक जना भन्दा संगठीत अपराधको रुपमा भइरहेको देखिन्छ बन्यजन्तुको अपराधमा पक्राउ परेका मध्ये धेरै कारोबारी हुदैनन् ।
    यसैगरी हालसम्म वँके निकुञ्जमा बन्यजन्तुको चोरी शिकारी तथा अपराध अबैध ब्यापारका ७५ वटा वटा मुद्धा छन् । ३८ वटा मुद्धा अदालतमा गएका छन् भने ३७ वटा निकुञ्जमा कार्यालयमा दर्ता भएका मुद्धामा २० वटा फैसला हुन बाकी छन् । गत बर्ष २०७६ ÷७७ मा २० वटा मुद्धा दर्ता भएका छन् जसमा बन्यजन्तु चोरी शिकारी तथा अपराध अबैध ब्यापार ९ वटा बन पैदावार ११ वटा छन् । डिभिजन वन कार्यालय बाँकेबाट यस आर्थिक वर्षको हाल सम्म ३ वटा मुद्दा अनुसन्धान गरी बाँके जिल्ला अदालतमा अभियोजनका लागि पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology