(Wednesday 28th of October 2026)
`

जिल्ला हुलाकलाई अधिकार दिनुपर्ने

  • सगरमाथा गन्तब्य
  • 12.9K
    SHARES

    नेपालगन्ज २८ पुष- विगतमा नेपालगन्जमा रहेको संचार केन्द्र रुपन्देही सरेर गएपछि नेपालगन्जका संचारगृहहरुले निकै सास्ती खेप्नु परेको प्रति साप्ताहिक पाक्षिक संजाल बाँकेको ध्यानाकर्षण भएको छ ।
    साप्ताहिक पाक्षिक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले एक प्रेस विज्ञप्ती जारी गर्दै लोककल्याणकारी विज्ञापनको भुक्तानी ,अनलाइन नविकरण र प्रेस प्रतिनीति प्रमाणपत्र नविकरण, वितरण गर्ने काम ७७ वटै स्थानिय जिल्ला हुलाक कार्यालयलाइ जिम्मा दिनुपर्ने माग राख्नु भएको छ । साथै गाउँगाउँमा सिंहदरवार भन्ने नारा घन्की रहेको भएपनि मिडियाले अनुभुति गर्न नपाएको हुँदा विगतमा संचार केन्द्र मार्फत संचालन हुँदै आएका कामहरु जिल्ला हुलाक कार्यालयहरुलाई प्रदान गर्ने हो भने स–साना कामको लागि लामो समय खर्च गरी रुपन्देही जानुपर्ने झन्झटबाट पत्रकारहरु मुक्त हुने छन् । सरकारले जिल्ला हुलाक कार्यालयलाई प्रेस पास नविकरणको डकुमेन्ट जम्मा गरी रुपन्देहि पठाउने कामको जिम्मा दिए पनि सोहि जिल्लाबाट नविकरण र वितरण गर्ने अधिकार भने नदिएको प्रति गुनासो गर्दै संजालका अध्यक्ष पोखरेलले आपत्ति जनाउनु भएको छ ।
    विगतमा संचार केन्द्र बाँकेमा हुँदा विगतको मध्यपश्चिम विकास क्षेत्रको रुपमा समेटिदै आएको बाँके राजधानी रुपन्देहि तोकिएपछि विकासमा पछाडि त परेको छ नै मिडियाहरुलाइ पनि विकासमा पछाडि पारेको महशुस भएको प्रेस विज्ञप्तीमा उल्लेख छ । संजाल मार्फत विगतमा पनि यस किसिमका सवाल उठाइएका कारण जिल्ला हुलाक कार्यालय बाँकेले प्रेस पास नविकरणको डकुमेन्ट संकलन गरी रुपन्देहि पठाउने अधिकार पाएको भएतापनि स्वयंले नयाँ कार्ड वितरण गर्ने अधिकार पाउन नसकेको प्रति साप्ताहिक पाक्षिक संजालले खेद प्रकट गरेको छ ।
    लोककल्याणकारी विज्ञापनको भुक्तानी दिने अधिकार रुपान्देहिलाइ मात्र प्रदान गरेका कारण नेपालगन्जमा मिडियाले विभिन्न खाले समस्या झेल्नु परेको अध्यक्ष पोखरेलको भनाइ रहेको छ । विविध समस्याको बारेमा संचार मन्त्रालयको ध्यानाकर्षण गराउने र ७७ वटै जिल्ला हुलाक कार्यालयबाट विगतमा संचार केन्द्रले गर्दै आएका कामको जिम्मा लगाइयोस भन्ने उदेश्यले यो प्रेस विज्ञप्ती जारी गरीएको छ ।
    साथै स्थानिय जिल्ला हुलाक कार्यालयबाट अनलाइन नविकरण,पत्रिका र एफ.एम.को लोककल्याणकारी विज्ञापनको भुक्तानी र प्रेस पास नविकरण, वितरण गर्ने काम जिम्मा दिनु पर्ने जोडदार माग सहित यो प्रेस विज्ञप्ती जारी गरीएको साप्ताहिक पाक्षिक संजाल बाँकेका सचिब अजय गुप्ताले जानकारी गराउनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology