भगतराम थारु : नेपालगन्ज, २५ पुष – गृहिणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिवार नेपालगन्जमा सम्पन्न भएको छ । प्रदेश सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम सुबेदीको प्रमुख आतिथ्यता तथा गृहिणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नेपालगन्जका अध्यक्ष भुपेन्द्र अधिकारीको अध्यक्षतामा १३ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको हो ।
साधारणसभालाई उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि सुवेदीले सहकारी समुहिक व्यवसाय भएको बताउनुभयो । सहकारीको माध्यमबाट शेयर सदस्यहरुको जिवन स्तर सुधार्ने हो उहाँले भन्नुभयो, सहकारी एकदम गरिवदुखीको सहकारी भएको हुनाले सहकारीलाई चिन्न आवश्यक रहेको उहाँले बताउनुभयो । सहकारीको बारेमा शेयर सदस्य, सदस्यहरुलाई सहकारी के हो भनेर बुझाउन आवश्यक रहेको अध्यक्ष सुबेदीले भन्नुभयो । बैंकहरु भन्दा सहकारीले बचतमा बढि प्रतिशत रकम दिने गरेको हुनाले सहकारीको माध्यमबाट व्यवसाय गर्न सहज रहेको उहाँले बताउनुभयो ।

सुबेदीले सहकारी संस्था सबैको साझा फुलबारी रहेको हुनाले फुलवारीलाई जोगाउन शेयर सदस्यहरुको ठुलो हात रहेको जानकारी गराउनुभयो । सहकारी सामुहिक व्यवसाय भएको हुनाले सहकारीले उत्पादन गरेको बस्तुको विक्री वितरण गर्ने र घर घरमा भएको पैसा बचत गर्ने हामीसंग नभएको पैसा निकाल्न मिल्ने र व्यवसाय गर्न सकिने एक माध्यम सहकारी रहेको अध्यक्ष सुबेदीले जानकारी गराउनुभयो । सहकारीमा ६५ हजार जनशक्ति प्रत्यक्ष रोजगारीमा रहेको कुरा समेत उहाँले जानकारी गराउनुभयो ।
२०६५ सालमा सानो परिवारबाट सुरुवात गरेको गृहिणीले आज १३ औं बर्षमा पुग्दा हर्षउल्लासका साथ बार्षिक साधारणसभा गर्न सकेको सहकारीका अध्यक्ष भुपेन्द्र अधिकारीले जानकारी गराउनुभयो । सहकारीको शेयरपुजी ६० लाख, निक्षेप पुजी ५ करोड, ऋण लगानी ६ करोड रहेको सहकारीका अध्यक्ष अधिकारीले पेश गरेको प्रतिवेदनमा उल्लेख छ । बाँकेमा सहकारी सहकारी विच प्रतिप्रर्धा रहेको हुनाले सहकारीको निति नियम पालना अनुसार चलेको सहकारी गृहिणी रहेको कुरा उहाँले उल्लेख गर्नुभयो । सहकारीमा निती, विधि र प्रक्रिया पुरा गरे जस्तो सुकै बाधा अडचन पार गर्न सकिने अध्यक्ष अधिकारीले बताउनुभयो । सहकारीले चुरा, पुस्तक र ग्रीन टि विक्री वितरण गर्दै आएको समेत उहाँले बताउनुभयो ।

सहकारीलाई आर्थिक रुपमा मात्र नभई व्यवासयीकरण तिर लैजाने अधिकारीले बताउनुभयो । यस्तै राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालगन्ज शाखाका प्रमुख सागरनाथ योगीले सहकारी संस्थालाई गुणस्तरिय बनाई अगाडी लैजान आवश्यक रहेको बताउनुभयो ।
यस्तै जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडका अध्यक्ष बल बहादुर खड्काले छोटो समयमा गृहिणीले राम्रो शेयर सदस्य बनाउन सफल भएको प्रति खुशी व्यक्त गर्नुभयो । १३ औं बार्षिक साधारणसभासम्म पुग्दा गृहिणीले ५ सय ८० शेयर सदस्य आवद्ध बनाउनु उल्लेख्य कुरा रहेको उहाँले बताउनुभयो । सहकारीले शेयर सदस्य तथा उत्कृष्ट बचतकर्ता, नियमित ऋणीलाई सम्मान गरेको छ । साधारणसभामा सहकारीका सल्लाहकार हिरन्य राज शर्मा, दिवाकर शर्मा, कोषाध्यक्ष विनोद शर्मा, शेयरधनी, शेयर सदस्य, पत्रकार लगायतको सहभागिता रहेको बार्षिक साधारणसभा कार्यक्रमको संचालन ऋषीराम चौधरीले गर्नुभएको थियो ।

