नेपालगन्ज २० पुष- द.कोरिया बासी नेपाली मनहरू साकेन्द्र चनारा, सुदिप रावत, विरजंग वि.क. लगायतका थुप्रै मानवतावादी युवाहरूको सहयोगमा भेरी नगरपालिका १ जाजरकोटका क्यान्सर रोगवाट पीडित रामचन्द्र विकको लागि रू.५० हजार प्राप्त सहयोग हस्तान्तरण गरिएको छ । जीवन निर्वाहका लागि पराई भूमिलाई कर्मथलो बनाउने सहयोगी मनहरूमा धन्यवाद । अनि हाम्रो अनुरोधलाई मनन गरी रामचन्द्र र उसको बुवालाई खान बस्न र गाडी भाडा समेत निःशुल्क ब्यवस्था गरिदिने डाक्टर सुम्मा गुरुङ प्रति आभारी व्यक्त गरिएको छ । साथै रामचन्द्र विकको स्वास्थमा सुधार भइरहेको जानकारी अस्पताल श्रोतले जनाएको आफन्तले जनाएका छन् ।
