(Wednesday 28th of October 2026)
`

तिम्रो योबनको लाइसेन्स बनाउनु प्रियाबाट चर्चा कमाउन सफल गायक विष्णु थापा सरगम

  • सगरमाथा गन्तब्य
  • 16K
    SHARES

    नेपालगन्ज ११ पुष – तिम्रो आँखाको लाइसेन्स बनाउनु प्रिया, तिम्रो योवनको लाइसेन्स बनाउनु प्रिया भन्ने बोलको गितबाट चर्चा कमाएका बर्दिया गुलरिया नगरपालिकाका चर्चित गायक विष्णु थापा सरगमको एकपछि अर्को चर्चित गित बजारमा आउने क्रम जारी रहेको छ । छोटो समयमा गायक सरगम गायन क्षेत्रमा चर्चा कमाउन सफल हुनुभएको छ । उहाँले निकालेका हरेक गित बजारमा हिट हुदै गएका छन् । आकासका तारा झार्दिमला, सुखै सुखले पाल्दिमला, दुनियाले जे सुकै भनोस पैसा खनखन गन्दिमला भन्ने बोलको गितले पनि यति बेला चर्चामा रहेको छ । तिम्रो आँखाको लाइसेन्स बनाउनु प्रिया, तिम्रो योवनको लाइसेन्स बनाउनु प्रिया, तिम्रै नजरको बयान जस्ता चर्चित चर्चित गित निकालेर चर्चामा आएका गायक बिष्णु थापा सरगमको यस पटक भने थारु गित तिर नजर गएको छ ।

    चर्चित गायक विष्णु थापा सरगमको थारु भाषाको गित मुटुमा गुदगुदी लागल बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । थारु समुदायको मुख्य पर्व माघीलाई लक्षित गरि चर्चित गायक विष्णुले थारु भाषाको मुटुमा गुदगुदी लागल बोलको म्युजिक भिडियो ल्याउन लागेको जानकारी गराउनुभयो । थारु समुदायमा माघको महिनामा डान्स गर्ने अवसर यो गितले दिने गायक विष्णुले बताउनुभयो । मुटुमा गुदगुदी लागल बोलको गितमा स्वर÷शव्द विष्णु थापा सरगमको रहेको छ भने सङ्गित र एरेन्जमा. कमल अधिकारीले साथ दिनुभएको छ । यस्तै शब्द अनुबादमा सुनिता चौधरी र मस्तराम मस्तैलाको रहेको छ । गितको छायाङकन यम बहादुर चौधरीको रहेको छ भने ड्रोन क्यामेरामा खेम भौगोरियाले साथ दिनुभएको छ । मुटुमा गुदगुदी लागल बोलको गितमा चर्चित मोडल विवश जिएच, पूजा चौधरी, शिसिर धम्लहवा, झरना चौधरी, मिलन बि.क., पूजा देवकोटाले अभियन गर्नुभएको छ । भिडियोको छायाङकन बर्दिया गुलरियामा गरिएको गायक विष्णु थापा सरगमले बताउनुभयो । छायाङकनको ब्यवस्थापक र प्रस्तुति नगेन्द्र रिमाल (कृष्णसार रिसोर्ट) ले गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology