(Wednesday 28th of October 2026)
`

शिक्षाको ज्योती छर्दै दृष्टिबिहीन शिक्षक

  • सगरमाथा गन्तब्य
  • 16K
    SHARES

    नेपालगन्ज, २७ मंसिर – ४४ बर्षिय कन्यैलाल राना जन्मजात दृष्टिबिहीन थिएनन् । एक बर्षको उमेरमा आँखामा भएको इनफेक्सन्ले उनको आँखाको दृष्टि गुम्यो । तर उनले एक बर्षको उमेरमा संसार देखेको भ्याउ नै पाएनन् । परिवारको पाँच सन्तानमा कान्छा छोरा राना सानै देखि चलाख थिए । पढे पनि केहि गर्न सक्लान भन्ने परिवारले बुझेका थिए । हाइ स्कुलसम्म गणित बिषय लिएर पढे । शिक्षा बिषयमा स्नातक गरे ।
    बेचलर पढन् काठमाडौ पुगे । २०५२ सालमा गणित बिषय शिक्षक आवश्यकता खुलेको थाहा पाए पछि उनि नेपालगंन्ज हानिए । अहिले उनि मंगलप्रसाद माबिमा कक्षा ८ मा पढाउछन् । २०५२ साल देखि पढाउदै आएका उनि २०६० मा स्थायी भए । उनि बिद्यार्थीमा कुनै गुनासो हुन् दिदैनन् । उनिहरुका सबै उत्सुकता मेटाउँछन् । बिद्यार्थीलाइ सबैभन्दा कन्ट्रोलमा राख्ने भनेको बिषयबस्तुले नै हो रानाले भने ,‘बिषयबस्तुबारे आफु कन्फीडेन्ट भएपछि एजिटेसन् रहदैन्’ । उनि दृष्टिबिहीन संगै अरु बिद्यार्थीलाइ संगै राखेर पढाउँछन् । बिद्यार्थी पनि उनका कुरा ध्यान पुर्वक सुन्छन् ।
    अभिभावक भने बच्चाहरुलाइ कसरी पढाउनुहुन्छ भनेर अचम्म मान्थे उनको आफनो अनुभव सुनाउदै भने ,‘कथा चुटकीला भनेर बिद्यार्थीलाइ आकर्षीत बनाउथे’। सबै भन्दा बिद्यार्थीलाइ अनुशासनमा बाध्नु पर्छ । उनको कक्षमा पाँच जना दृष्टिबिहीन बाहेक सबै सबलाङ्घ छन् ।
    ‘पढाउने काम आफैमा चुनौतीपुर्ण काम हो त्यसैमा दृष्टिीबिहीन् शिक्षकलाइ पढाउन् सजिलो त छैन’् उनले भने ,‘भोली पढाउने बिषय एक दिन् अघि पढेर तयारी गरेर आउथे ।’ उनि हातमा पुस्तक बिना ब्याख्यात्म बिधिबाट पढाउछन् । जो देखेर बिद्यार्थी पनि अचम्म मान्छन् । सो बिद्यालयमा तिन जना दृष्टिबिहीन् शिक्षक छन् । जहाँ ५० जना दृष्टिीबिहीन् पढछन् । उनको बुझाइमा नपढनेलाइ सबैकुरा गाह्रो हुन्छ । गणितमा सुत्र महत्वपुर्ण हुन्छ । त्यो उनि सुनेर कण्ठ पार्थे । बिज्ञानमा चित्र बनाउन चाहि समस्या हुन्थ्यो ।
    ‘पहिला बेनलिपीमा सबै पुस्तक हुदैन्थे । किताबलाइ ब्रेनलिपीमा अनुवाद गरेर पढाउनु परथ्यौ ’। रानाले भने ,‘अनिवार्य बिषय मात्र ब्रेनलिपीमा हुन्थे । एच्छिक बिषय ब्रेनलिपीमा हुदैन्थ्यौ ’।
    उनि जस्तै ३६ बर्षिय भोलानाथ त्रिपाठी जन्मजात दृष्टिबिहीन् हुन् । उनले बाहिरी संसार देख्नै पाएनन् । उनि सुनेर मात्र सबै कुरा बुझछन् । पोखरा घर भएको उनको परिवार २०३६ सालमा बर्दिया झर्यौ । उनि कन्यैलाल रानाका चेला हुन् । जसले उनलाइ मंगल माबिमा पढाएका थिए । त्रिपाठी २०४५ सालमा उनि मंगल प्रसाद माबिमा पढनका लागि भर्ना भए । त्यहीबाट उनले एसएलसी दिए । शिक्षामा स्नातक गरेका उनि अहिले स्नाककोत्तर गरीरहेका छन् । उनै त्रीपाठी २०६२ साल देखि अस्थायी दरबन्दीमा मंगल प्रसाद माबिमा पढाउँछन् ।
    कक्षा ६,७,८ का बिद्यार्थीलाइ सामाजीक स्वास्थ्य तथा नैतीन बिषयहरु पढाउछन् । उनलाइ पढाउने कुरा रत्तिभर पनि कठिन लाग्दैन् । छलफल बिधि अनि ब्याख्न् बिधिबाट पढाउन मन पराउँछन् । प्रदर्शन् बिधि कम प्रयोग गर्छन् । ‘हाम्रो लागि यो बिधि प्रयोग गर्न समस्या हुन्छ’ । उनले भने,‘त्यसैले सुनेका भरमा पढाउनु पर्छ ’ । सानैदेखि पढाइमा तेज त्रिपाठी आजका बालबालिकामा पढने मोह कम भएको अनुभव गर्छन् । ‘हामिलाइ त पढेर केहि गरौला भन्ने जोस आउथ्यौ ’ उनले भने,‘ तर आजका बिद्यार्थीमा खेल्ने घुम्ने कुरामा बढि ध्यान जान्छ’ । दृष्टिबिहीन् शिक्षक भएर उनले कुनै बिभेद भएको महसुस गरेका छैनन् । हरेक मान्छेले आफनो क्षमताको बलबुतमा नै बाच्ने उनको तर्क छ । तर दृष्टिबिहीन शिक्षकलाइ बिशेष किसीमको तालिमको आवश्यकता पर्ने उनको धारणा छ । ‘समाजीक पढाउँदा भुमध्ये रेखाकंन बाइलोजी र क्यामस्टी बुझन हामीलाइ गाह्रो हुन्छ ’। उनले भने ,‘त्यस्ता टेक्नीकल बिषय पढाउन् छुट्टै तालिम चाहिन्छ ’।
    कन्यैलाल अनि भोला भन्दा भाबुकको ब्याथा भने छुट्टै छ । नेपालगंज उपमहानगरका भाबुकजंग थापा कमर्स पढिरहेका थिए ।
    ब्यबस्थापनमा केहि गर्ने सोच बनाएका थिए । उनी जन्मजात दृष्टिबीहीन् थिएनन् । खेलकुद भनेपछि हुरुक्कै हुन्थे । हेन्डबल खेल्थे । त्यहि खेल खेल्दा उनको आँखामा चोट लाग्यो । एउटा आँखाले काम गर्न छाडयौ । एउटा आँखामा लागेको चोटले अर्काे आँखामा असर पर्यै । बिस्तारै उनको दुबै आँखाको दृष्टि गुम्यौ । २०५१ सालतिर जतिबेला उनि २२ बर्षको थिए ।
    उनले आफना दुबै आँखा गुमाए । सुंसार अध्यारो भयो । बाच्न पनि मन लागेन् । आफैलाइ स्वीकार गर्न सकेनन् । बाच्नुको कुनै अर्थ उनलाइ लागेन् । साथीभाइ संग भेटन् पनि छाडिदीए । एक्लै दिनहरु बिताउन थाले । जब उनले आफु जस्तै दृष्टिबिहीनहरुलाइ देखे । उनलाइ आफनो दुखं पनि सानो लाग्न थाल्यौ उनिहरुका लागि केही गर्नुपर्छ भावना मनमा जाग्न् थाल्यो । त्यसपछि उनि ब्रेनलिपिमा अभ्यस्त हुन् थाले ।
    काठमाडौ गएर पनि बे्रनलिपिबाट पढाइ सुरु गरे । सुरुमा आँखा देख्न् सक्ने भएकाले उनि लेख्न् पनि जँन्दथे । जसले उनलाइ सहज भयो । २०५६ सालमा शिक्षकको जागिर खुलेपछि उनले निबेदन् दिए । सबै प्रक्रिया पुरा भयो । जिल्ला शिक्षा कार्यालयले साबिकको राप्तीपारी नेराप्राबि गुलरी फत्तेपुरमा उनको दरबन्दी भयो । तर त्यहाँका प्रअले उनलाइ शिक्षकमा राख्न् अस्वीकार गरे । उनलाइ फिर्ता पठाइदिए । उनले आफुले पुस्तक नहेरेर पनि पढाउन सक्ने बिश्वास दिलाए पछि प्रअ राजि भए । एक बर्ष सम्म नेपालगंजबाट फत्तेपुरमा बसेर पढाए ।
    २०५७ सालतिर उनि उपमहानगर नेपालगंज २ स्थीत नेराप्राबी बागेश्वरीमा पढाउछन् । २०६३ सालमा स्थायी भए । ‘हामिलाइ दया होइन् अवसर अनि सकारात्मक हौसला चाहिन्छ’ । उनले भने,‘ क्षमता भएका दृष्टिबिहीन्ले राम्रो गरीरहेका छन’् । कक्षा ३ मा उनि गणित बाहेकका सबै बिषय बढाउछन् । पढाउने काम संगै उनि एक सामाजिक अभियान्ता पनि हुन् । उनि राष्ट्रिय अपाङ्घ महासंघका केन्द्रिय सचिव पनि छन् । दृष्टिबिहीन् साथै अपाङ्घ बिद्यार्थीको अधिकारका लागि वलालत गर्छन् । उनीहरु जस्तै बाँकेमा आठ जना दृष्टिीबिहीन् शिक्षकले पढाइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology