(Wednesday 28th of October 2026)
`

किशोरीहरु बिच मैत्रीपुर्ण फुटबल प्रतियोगीता

  • सगरमाथा गन्तब्य
  • 13.5K
    SHARES

    नेपालगन्ज २१ मंसिर  – लैंगीक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत राजापुर नगरपालीको वडा नं ६ मा किशोरीहरु बिच मैत्रीपुर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ ।  प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) बाँके को साझेदारीमा सञ्चालित बाल विवाह रोकथाम परियोजना (नोराड) अन्तर्गत गठन गरिएको सिओसी समुहका किशोरीहरुको अगुवाईमा फुटबल प्रतियोगीताको आयोजना गरिएको हो ।
    फुटबल प्रतियोगीतामा दिल कुमारी थारुको समुहले बालीका थारु समुह बिरुद्ध ४ गोल गरी विजय हासिल गरेको छ ।
    समाजमा भै रहेको बालविवाह जस्तो सामाजिक अपराध बिरुद्ध सचेतना फैलाउने उद्देश्यले समुदाय स्तरमा किशोर तथा किशोरीहरुको क्षमता विकासका लागी विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको कार्यक्रम संयोजक दिनेश कुमार चौधरीले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology