(Wednesday 28th of October 2026)
`

नेपालगन्जमा श्रीमद भागवत सप्ताह शुरु

  • सगरमाथा गन्तब्य
  • 26.4K
    SHARES

    नेपालगन्ज, २१ मंसिर – संगीतमय श्रीमद भागवत कथा सप्ताह ज्ञान यज्ञ शनिबारदेखि नेपालगन्जको गगनगन्ज वडा नम्बर–७ पीपल चौतारा नजिक रहेको श्रीराम जानकी मन्दिरको प्राङ्गणमा शुरु भएको छ । ज्ञान यज्ञको कार्यक्रम कथा व्यास श्री बाल्कानन्द जी महाराज “भरत तिवारी” को मुखारबिन्द द्वारा प्रत्येक दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म श्रावण गर्न सकिने आयोजक नाग परिवारले बताएका छन् ।
    यही मंसिर २० गतेदेखि सप्ताहब्यापी हुने यस ज्ञान यज्ञको कार्यक्रम मंसिर २७ सम्म विभिन्न संस्कृतिक कार्यक्रमको साथै समापन हुने भनिएको छ । ज्ञान यज्ञ कार्यक्रमको पहिलो दिन शनिबार बिहान् ८ बजे कलश यात्रा भागवत कथा, मंगलवार दिउँसो १ बजेदेखि ६ बजेसम्म भगवानको जन्मोत्सव तथा लावा लगायतको कार्यक्रम सम्पन्न गरिने भएको छ ।
    यसैगरी रुकमणि विवाह, सुदामा चरित्रकथा शुक्रबार गरिने वा शनिबार पुर्णाहुती ८ बजेदेखि ११ बजेसम्म तथा विशाल भण्डारा ४ बजेदेखि हरि इच्छा सम्म चल्ने आयोजक नाग परिवारले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology