- तारा आचार्य
विराटनगर, २० मंसिर । मोरङको सुनवर्षी नगरपालिका–५ बाट हतियार कारोबारमा संलग्न एक जनालाई पेस्तोल सहित मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार मण्डल रहेका छन् । सुनवर्षीको झुँगी चोकबाट पक्राउ परेका मण्डलको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार नगद र मोबाइल बरामद गरेको छ ।
भारतको भागलपुरबाट उनले बिक्रीका लागि पेस्तोल ल्याएको हुन सकने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । एउटा मदिरा पसलमा मदिरा सेवनका लागि बसेका बेला मण्डलले कम्मरमा भिरेको पेस्तोल देखेर स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेपछि पक्राउ गर्न गरिएको प्रहरीले जनाएको छ । मण्डलविरुद्ध थप अनुसंधान भाईरहेको र हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ । न्युज २४ नेपालबाट
