(Wednesday 28th of October 2026)
`

चाँगुनारायण नगरपालिकाले किसान केडिट कार्ड उपलब्ध गराउने

  • सगरमाथा गन्तब्य
  • 15.6K
    SHARES

    चाँगुनारायण, १५ मंसिर-चाँगुनारायण नगरपालिकाले नगर भित्र रहेका किसानलाई किसान क्रेडिट कार्ड प्रदान गर्ने भएको छ । नगरपालिका र आर.एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि. बीच किसान क्रेडिट कार्ड सम्बन्धि सो सम्झौता भएको हो । यस कार्यले नगर भित्रका किसानलाई कृषि उद्यम शुरु गर्नको लागि लगानीको समस्या पर्ने छैन । सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगरप्रमुख सोम प्रसाद मिश्रले किसानलाई वित्तिय तथा प्राविधिक सेवा पु¥याउनका लागि किसान क्रेडिट कार्ड कोशेढुंगा सावित हुने बताउनु भयो । यस कार्डको प्रयोग गरि कृषकहरुले बैंक मार्फत पाएको सहुलियत कर्जालाई कृषि कर्मका लागि अत्यावश्यक बीउ, मल, औजारहरु खरिद गर्न सक्नेछन । नेपाल सरकारले कृषिमा वित्तिय पहुँच पु¥याउने उद्देश्यले विभिन्न कार्यक्रमहरु ल्याए पनि लक्ष्ति वर्गमा पुग्न नसकेको सन्दर्भ किसान क्रेडिट मार्फत नगरका किसानहरु माझ सहुलियत कर्जा सहज रुपमा पु¥याई कृषि क्षेत्रको व्यावसायिकरणमा यसले सहयोग पु¥याउने छ ।

    आर. एण्ड डि. इनोभेटिभ सोलुसनले विभिन्न बैंक र टेक्नोलोजी पार्टनरको समन्वयमा यो नविनतम कार्ड प्रणालीको नेपालमा पहिलो पटक बिकास गरेको हो । मेगा बैंक मार्फत अहिले यो कार्डको वितरण शुरु भईसकेको छ । सहुलियत कृषि कर्जालाई कार्ड मार्फत उपलब्ध गराई देशभरका कृषि सामग्री बिक्रेता मार्फत सजिलै अत्यवाश्यक कृषि सामग्री खरिद गर्ने प्रणालीले लगानीको सहि सदुपयोग हुनुका साथै कृषकहरुले आफूले खरिद गरेको बीउको आधारमा सो बाली सम्बन्धि प्राविधिक सेवा समेत उपलब्ध हुने प्रणालीको बिकास गरेको कुरा कम्पनीका संस्थापकले बताउनु भयो । यस प्रणालीले खास गरि अहिले सम्म पनि बैंकिग पहुँचमा नपुगेका साना तथा सिमान्तकृत किसानहरुलाई बैंकसँग सजिलै जोड्ने पूलको काम गर्ने र किसानले प्राविधिक तथा बजार सम्बन्धि सेवा पनि डिजिटल माध्यमबाट सहजै पाउनेछन् ।

    व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिदै आएको चाँगुनारायण नगरपालिकाले कोरोना महामारीका कारण रोजगारी गुमाएका नगर भित्रका युवाहरुलाई लक्षित गरेर मेयर उद्यमशिलता कार्यक्रम संचालनमा ल्याईसकेको छ । पालिकाले नै अग्रसरता लिई किसान क्रेडिट कार्ड मार्फत कृषि क्षेत्रको समस्याहरुलाई सम्बोधन गर्ने चाँगुनारायण देश कै पहिलो नगरपालिका हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology