(Wednesday 28th of October 2026)
`

जन्मदिनको अवसरमा पत्रकार करुणाले गरिन् सुत्केरी महिला र अपाङ्ग पुरुषलाई सहयोग

  • सगरमाथा गन्तब्य
  • 24.3K
    SHARES

    नेपालगन्ज ०९ मंसिर – बाँकेका क्रियाशिल पत्रकार करुणा शाहले आफ्नो जन्मदिनको अवसरमा अति विपन्न परिवारलाई सहयोग प्रदान गर्नुभएको छ । ठकुरी पत्रकार समाजका अध्यक्ष समेत रहनुभएका पत्रकार करुणा शाह (महारानी) ले आज आफ्नो जन्मदिनको अवसर पारेर डुडुवा गाउँपालिका कम्दीका १८ बर्षिय सुत्केरी महिला स्मृति बराल र बाजुरा बडिमालिका गाउँपालिका मार्तर्डीका ६१ बर्षिय अपाङ्ग पुरुषलाई सहयोग प्रदान गर्नुभएको हो । हरेक बर्ष आफ्नो जन्मदिनको अवसरमा पत्रकार शाहले अति गरिव, असहाय, अपाङ्ग, अनाथालायका बालबालिका, बृद्धाआश्रममा रहेका बृद्धबृद्धालाई सहयोेग प्रदान गर्दै आउनुभएको छ । आज पनि पत्रकार शाहले एक महिनाको सुत्केरी महिलालाई चामल, दाल, नुन, तेल, बेसार, पिठो, तरकारी लगायतका सामाग्री प्रदान गर्नुभएको छ यस्तै बाजुराका अपाङ्गलाई पनि उहाँले नगद सहयोग पठाएको जानकारी गराउनुभयो । बाजुराका अपाङग पुरुष रति थापाको घरमा कोही नरहेको हुनाले सहयोग प्रदान गरेको उहाँले बताउनुभयो । आमाको सहारामा बस्दै आएका थापाको आमा १० बर्ष पहिले वित्नुभएको थियो । शाहले लकडाउनको समयमा महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत जाजरकोटका रुपा रावललाई पनि खाद्यन्न र लत्ताकपडा सहयोग गरेको बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology