(Wednesday 28th of October 2026)
`

नेपालगन्ज म्याराथनमा एपिएफका गोपी र एपिएफ कै पुष्पा प्रथम

  • सगरमाथा गन्तब्य
  • 15.7K
    SHARES

    नेपालगन्ज ०६ मंसिर : नेपालगञ्ज म्याराथनमा एपिएफको बर्चश्व भएको छ । फुल म्याराथन दौड र हाप म्याराथन दौडमा एपिएफ कै बर्चश्व रहेको छ । फुल म्याराथन दौड प्रतियोगितामा पुरुषतर्फ शसस्त्र प्रहरी बलका गोपी पार्की र महिला तर्फ पनि शसस्त्र प्रहरी बल कै पुष्पा भण्डारी प्रथम भएका छन् । पुरुष तर्फ फुल म्याराथन दौडमा गोपीले २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पार गरेका छन् भने महिला तर्फ हाप म्याराथन दौडमा एपिएफका पुष्पाले १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पुरा गर्नुभएको छ ।

    त्यसैगरी पुरुष म्याराथन तर्फ दोस्रो र तेस्रोमा नेपाली सेनाका कृष्ण वस्नेत र खगेन्द्र भाटले क्रमश  : २ घण्टा २० मिनेट ५ सेकेण्डमा र २ घण्टा २७ मिनेट २८ सेकेण्डमा निर्धारित म्याराथन पुरा गर्नु भएको हो । महिला तर्फ दोस्रो मञ्जु रावत १ घण्टा ३० मिनेट ६ सेकेण्डमा र तेस्रोमा प्रमिला घर्तिले १ घण्टा ३८ मिनेट ३४ सेकेण्डमा हाफ म्याराथनको लक्ष्म पुरा गर्नुभएको थियो । क्रियटिभ ह्यान्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथन दौड यो बर्ष छैठौं संस्करण रहेको हो । बर्षेनी आयोजना गदै आएको नेपालगञ्ज म्याराथन प्रतियोगितामा शनिवार नेपालगञ्जमा सम्पन्न भएको हो । यस पटकको नेपालगञ्ज म्याराथनको उपाधि जित्ने खेलाडीले ओलम्पिकमा खेल्न पाउने निश्चित भएको एथलेटिकस संघले जनाएको छ । यसपटक हुने ओलम्पिक खेलमा नेपालगन्जमा भएको फुल म्याराथन दौडका प्रथम खेलाडी गोपी पार्र्कीले पाउने पक्का भएको छ । यस पटकको म्याराथनका प्रथम विजेताले ७५ हजार दोस्रोले ३० हजार, तेस्रोले २० हजार, चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र पाएका छन् । यस्तै महिला हाफ म्याराथनको विजेताले ३० हजार, दोस्रोले १५ हजार तेस्रोले १० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै चौथोलाई ७ हजार, पाँचौंलाई ६ हजार र छैटौं हुनेलाई ५ हजार रुपैयाँ नगद चेक प्रदान गरिएको छ । हरेक बर्ष हुने नेपालगन्ज म्याराथन दौडमा पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ प्रथम, दोश्रो संस्करणमा सेनाकै कृष्ण बस्नेत, तेश्रो संस्करणमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिसका भुमिराज राई र नेपाली सेनाका नवराज साउद विजेता हुनुभएको थियो । नेपाल एथ्लेटिक्स संघले मान्यता दिएको नेपालगञ्ज म्याराथनका लागि राष्ट्रिय खेलकुद परिषदले समेत स्वीकृत प्रदान गरेको छ । नेपालगन्ज म्याराथन दौड नेपालगन्ज कोहलपुर सडक खण्ड खाली गराइएको थियो । प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणा, राष्टिय तथा ओलम्पियन खेलाडी, पत्रकार लगायतले पुरस्कार वितरण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology