नेपालगन्ज ०५ मंसिर – माल्दिभ्समा ग्लोबल ओशन प्रालि संचालनमा आएको छ । नेपाली नागरिकलाई विदेशमा हुने समस्यालाई सुल्झाउन ग्लोबल ओशन प्रालि संचालनमा ल्याएको हो । नेपाली नागरिकलाई माल्दिभ्समा आएर नेपाल आवतजावत तथा उनिहरुको समस्यालाई मध्यनजर गर्दै माल्दिभ्समा पहिलो पटक ट्राभल्स एजेन्सी संचालनमा ल्याएको ग्लोबल ओशन प्रालिका सञ्चालक सरोज सापकोटा बताउनुभयो । माल्दिभ्समा पहिलो पटक नेपालीहरुले आफै सञ्चालक भएर कम्पनी सञ्चालनमा ल्याएको सापकोटाले बताउनुभयो । नेपाली नागरिक मिलेर संचालनमा ल्याएको ट्राभल्स खुले लगत्तै दोश्रो कार्य नेपालीहरुको हकहित तथा दुख परेको बेला उनिहरुको उद्दारमा आधारित गैरआवासीय नेपाली संघ गठन गरिने उहाँले जानकारी गराउनुभयो ।
नेपालबाट माल्दिभ्स आउँदा धेरै नेपालीदाजुभाई दिदीबहिनीहरुले समस्या झेल्दै आएको हुनाले समस्यालाई टार्न हामी नेपालीले नै केही गर्नको लागि सोच बनाएको उहाँले बताउनुभयो । नेपालीलाई उद्दार गर्न तथा उनिहरुको समस्या समाधान गर्न माल्दिभ्समा रहेको दुतावासवारे जानकारी लिदा कुनै मतलब नगरेको माल्दिभ्समा रहेका एक नेपाली नागरिकले भन्नुभयो । माल्दिभ्सको श्रीलंकामा रहेको नेपाली राजदुतावासमा नेपालीलाई समस्यामा परेको र केही गर्नको लागि सोधपुछ गर्न खोज्दा समेत कुनै वास्ता नगरेको ग्लोबल ओशन प्रालिका सञ्चालक सरोज सापकोटाले बताउनुभयो । कोभिड १९ महामारी सुरुवातीमा राजदुतावासले एउटा उद्धार उडानको सूची तयार गर्दा थप उद्दार गर्नको लागि जानकारी गराउदा पनि दुतावासले कुनै सुनवाई नगरेको उहाँले बताउनुभयो ।

दुतावासले केही सुनवाई नगरेपछि नेपालीहरुको उद्दारका लागि हामी नेपाली नागरिक मिलेर माल्दिभ्समा केही गर्ने सोच बनाएको उहाँले जानकारी गराउनुभयो । माल्दिभ्समा रहेका नेपाली नागरिकले केही समस्या परे यो नम्बरमा सम्पर्क गर्न सकिने प्रालिले जनाएको छ । जसको सम्पर्क नं. सन्तोष थापा मगर ९९१०७९०,दिपक ७६३५१६३, सविन राई ९७५४७४४ मा सम्पर्क गर्न सकिने प्रालिले जनाएको छ ।
