काठमाडौं । दिपावलीमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको माला बिक्री भएको छ । हरेक बर्ष व्यवसायीक रुपमा स्वदेशी उत्पादन फुलको माला विक्री बढेको व्यवसायहरु बताउछन् । अघिल्लो वर्षको तुलनामा मालाको कारोबारमा ३६ प्रतिशतले घटेपनि कोभिड महामारीकै बीचमा पनि व्यवसायीले अपेक्षा गरेभन्दा निकै राम्रो कारोबार भएको नेपाल फ्लोरी कल्चर एशोसिएसन नेपालले जनाएको छ । यस बर्षको तिहारमा ४५ लाख रुपैयाँ बराबरको मखमलीको माला निर्यात समेत भएको एशोसिएसनका अध्यक्ष कुमार कसजुले बताउनुभयो । तिहारमा ११ करोड ७० लाख रुपैयाँ बराबरको १३ लाख थान सयपत्रीको माला बिक्री भएको एशोसिएसनको दाबी छ ।
सयपत्रीको माला औषत ९० रुपैयाँ प्रतिगोटामा बिक्री भएको थियो । यस्तै नेपाल भित्रै एक करोड ८० लाख रुपैयाँ बराबरको तीन लाख गोटा मखमलीको माला यस अवधिमा बिक्रि भएको अध्यक्ष कसजुले बताउनुभयो । मखमलीको मालाको प्रतिगोटा औषत मूल्य ६० रुपैयाँमा रहेको थियो । तिहारमा नेपालबाट ४५ लाख रुपैयाँ बराबरको एक लाख ५० हजार थाना मखमलीको माला निर्यात भएको पनि एशोसिएसनले जनाएको छ ।
