(Wednesday 28th of October 2026)
`

तीन सातापछि सन्दिप अष्ट्रेलिया जाने

  • सगरमाथा गन्तब्य
  • 8.7K
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् । युएईमा भएको आईपीएलमा दिल्लीले फाइनलसम्म पुग्दा १७ खेल खेल्दा सन्दीपले एक खेल पनि खेल्न पाएनन् । मंगलबार भएको फाइनलमा दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी २० खेल्न जुलाई अन्तिममा वेष्ट इन्डिज पुगेका सन्दीप उतैबाट आईपीएल खेल्न युएई गएका थिए । सन्दीप तीन महिना भन्दा बढी समयपछि नेपाल फर्किएका हुन् ।
    लामो समय मुलुकबाहिर रहेकोले सन्दीपले केही समय नेपालमै परिवारसंग समय बिताउने र त्यसपछि बिग बास लिग (बीबीएल) का लागि अष्ट्रेलिया जाने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

    ‘धेरै समय बाहिर भयो । त्यसैले २०÷२५ दिन नेपाल बसेर जाने कुरा छ । सायद २÷३ म्याच छुट्छ होला’ उनले भने । यसअघि दुई संस्करण लगातार मेलवर्न स्टार्सबाट खेलेका सन्दीपले यस पटक नयाँ टिमबाट बीबीएल खेल्दैछन् । ‘यो सिजन उनले स्टार्सबाट खेल्नैनन् । बीबीएल खेल्ने पक्का हो । तर कुन टिमबाट खेल्छन् भन्ने आइतबार वा सोमबार टुङ्गो लाग्नेछ’ शिवाकोटीले भने । शिवाकोटीले अष्ट्रेलियन क्रिकेट बोर्डले नै यसबारे घोषणा गर्ने भएकोले कुन टिमबाट खेल्ने निर्णय हुन केही ढिला भएको बताए ।
    बिहीबार नेपाल फर्किएपछि सन्दीपले ट्विटरमा लेखेका छन् ‘ कथा सकिएको छैन, विस्तारै शुरु हुँदै छ ।’ उनले आईपीएल खेल्न नपाएको विषयलाई ट्विटरमा संकेत गरेको अनुमान छ । अनलाइनखबरबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology