काठमाडौं, २७ कात्तिक । किसानका हरेक समस्या समाधानका लागि ८ बुंदे माग पेश गरिएको छ ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै ८ बुंदे माग पेश गरिएको हो । अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य शिवहरि खनाल नेतृत्वको ११ जनाको टोलीले जिल्ला प्रशासन कार्यालय काठमाडौंका काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ८ बुदे माग सहित ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापन पत्रमा गहुँ छर्नभन्दा अगाडि नै मल र बीउको पूर्तिका लागि तुरुन्त व्यवस्था गर्नुपर्ने, सिँचाइ र सिँचाइलाई चाहिने विद्युतको सहुलियत शतप्रतिशत अनुदान हुनुपर्ने, धानको समर्थन मूल्यभन्दा कममा किसानहरूले धान बिक्री गर्नुपरिरहेकोले धानको समर्थन मूल्य तुरुन्त लागू गरियोस् भन्ने लगायतका मागहरू अघि सारिएको छ । यसैगरी कृषि उत्पादनमा भइरहेको बिचौलिया प्रणाली बन्द गरी किसानको उत्पादित कृषि उपजलाई राज्यले नै किन्ने व्यवस्था गर्नुपर्ने, कोभिड( १९ को उपचार सरकारले नै गर्नुपर्ने अदालतको फैसला कार्यान्वयन गर्न र कोभिड १९ को असरले समस्यामा परेका किसानहरूलाई तुरुन्तै राहत तथा पुःस्थापनाको व्यवस्था गर्न माग गरिएको छ । साथै महङगीलाई पूर्ण नियन्त्रण गरियोस र भ्रष्ट्राचार तुरुन्त बन्द गरियोस लगायत ८ बुदे माग सरकार समक्ष पेश गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ज्ञापनपत्र बुझ्दै मागहरू प्रति ध्यानाकर्षण भएको बताउनुभयो । किसानको पिडा जनसरोकारका विषय रहेको हुनाले प्राप्त ज्ञापन पत्र प्रधानमन्त्री कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाईने नेपाल किसान महासंघ काठमाडौंका जिल्ला अध्यक्ष के.बी घलेले बताउनुभयो ।
अखिल नेपाल किसान महासंघ कन्द्रिय सल्लाहकार शिवहरि खनालले नेपाल सरकारले किसानका तात्कालिक र दीर्घकालीन समस्यालाई समाधान गर्न प्रभावकारी कदम नचालेकोले गम्भीर ध्यानाकर्षण नभएको भन्दै किसानका सम्पुर्ण समस्या समाधान नभए कडा संघर्षमा उत्रिने चेतावनी दिनुभयो ।
