(Wednesday 28th of October 2026)
`

नेपालगञ्जमा राष्ट्रिय सहकारी बैंकको ४७ औं शाखा सञ्चालनमा

  • सगरमाथा गन्तब्य
  • 17.2K
    SHARES

    नेपालगन्ज २५ कात्तिक- बाँकेको नेपालगन्जमा राष्ट्रिय सहकारी बैंकको ४७ औं शाखा कार्यालय सञ्चालनमा आएको छ । नेपालगञ्जमा मंगलबार एक कार्यक्रमको आयोजना गरि ४७ औं शाखा सञ्चालन आएको हो । शाखा उद्घाटन तथा सम्मान कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी बैंक लिमिटेडका संचालक एवं लुम्बिनी प्रदेशका संयोजक विजया धितालले गर्नुभको कार्यक्रमको उद्घाटन बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेतीले गर्नुभयो । शाखा कार्यालय उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले अन्य बैंक भन्दा छिटो र सहजरुपमा सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । कर्जाप्रवाह लगायत अन्य सेवा छिटो गर्नुहोस, अध्यक्ष उप्रेतीले भन्नुभयो,– बैंकप्रतिको विश्वास बढाउने काम सेवाप्रवाहले हुन्छ । उहाँले बैंकले शाखा विस्तार कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको जानकारी दिनुभयो । बाँकेको कोहलपुरमा सहकारी बैंकको शाखा सञ्चालनमा रहेपनि नेपालगञ्जमा पहिलोपटक शाखा कार्यालय विस्तार गरिएको हो ।
    कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका संयोजक विजया धितालले नेपालगञ्जमा स्थापना गरिएको शाखालाई देशकै अव्वल शाखाको रुपमा विकास गर्न सबै पक्षको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । यहाँका सबै सहकारीहरुको माग आज पुरा भएको छ, केन्द्रीय सदस्य धितालले भन्नुभयो,– अब यसलाई उत्कृष्ट शाखा बनाउन पनि सबैको साथ र सहयोग अपरिहार्य छ । राष्ट्रिय सहकारी बैंकका सदस्य देववहादुर केसी, सहकारी संघका अध्यक्ष प्रेम सुवेदी लगायतले सहकारीलाई माथी उठाउनका लागि बैंक सहयोगी बन्ने बताउनुभयो । बाँकेका सहकारीले हालसम्म सरकारले तोकेको समर्थ मुल्यमा २० हजार क्विन्टल धान खरिद गरिसकेको जानकारी दिदै जिल्ला तथा प्रदेश सहकारी संघका अध्यक्ष सुवेदीले केही सहकारीले आर्थिक अभावमा धान खरिद गर्न नसकेको अवस्थामा बैंक आगामी दिनमा सहयोगी बन्न सक्ने बताउनुभयो । उहाँले यसवर्ष सहकारीले एकलाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको बताउनुभयो । सो अवसरमा सहकारी बैंकको कोहलपुर शाखा अन्तर्गत गत आर्थिक वर्षमा उत्कृष्ट कारोबार गर्ने नौवस्ता साना किसान कृषि सहकारी संस्था र नियमित कारोबारतर्फ संघर्ष गरिव महिला बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको छ । सो अवसरमा सहकारी बैंकमा १० करोड बढि रुपियाँ जम्मा भएको केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश संयोजक धितालले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology