बर्दिया २५ कात्र्तिक
बर्दिया बारबर्दिया नगरपालिका ५ बन्घुसरीका १४ बर्षिय रोशनी थारु परिवर्तनका सम्बाहक (सिओसी) कक्षा लिएपछि निर्धक्कका साथ बोल्ने क्षमताको विकास भएको बताउँछिन् । २०७६ सालमा स्थानिय स्तरमै सिओसी कक्षा संचालनमा आएपछि उनि पनि सिओसी कक्षामा सहभागि हुने अवसर पाइएपछि यस्तो परिवर्तन आएको हो । श्री पञ्चजन्य माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत रोशनी थारु पहिलेको भन्दा अहिले धेरै भिन्नता भएको बताउँछिन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण रोशनीको पढाईमा कमजोर हुदै गएको थियो । वि ग्रुपले स्थानिय तहमै सिओसी कक्षा संचालन भएपछि पढाईमा रोशनीको रुची बढ्न थाल्यो । उनले पढाईमा मेहनत गर्न थाले र पढाईमा राम्रो नतिजा ल्याउन सफल हुदै गए । लजालु स्वाभावकी रोशनी सिओसी कक्षा लिनुभन्दा पहिले उनलाई प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी थिएन्, बोल्ने बानीको विकास थिएन्, समाजको अगाडी निर्धक्क बोल्न सक्थेनन्, मनमा डर, त्रास थियो, समाजमा बाल विवाह, चेलीबेटी बेचविखन तथा ओसारपसार, लगायत आफ्नो अधिकारहरुको बारेमा जानकारी थिएन ।
स्थानिय स्तरमा अन्धविश्वास, दाईजोप्रथा, बोक्सीको आरोप, जस्ता कुरामा धेरै विश्वास गर्ने प्रचलन थियो । सिओसी कक्षाले धेरै परिवर्तन ल्याएको छ उनले भने । अहिले रोशनीले लजाउन र डराउन छोडेकी छिन् । आफ्नो प्रजनन् सम्बन्धि कुरालाई समाजमा निकक्कका साथ बताउन सक्ने भएकी छिन् । अन्धविश्वास, दाईजो प्रथा, बोक्सी जस्ता विभिन्न कुरुतीहरुबाट विश्वास गर्न र समाजमा जनचेतना जगाउन तथा सहयोग गर्ने गरेको रोशनीको भनाई छ । आफ्नो अधिकारको बारेमा भन्न सक्ने, सहि र गलत छु्ट्याउन सक्ने क्षमताको विकास हुदै गएको उनि बताउछिन् । उनि आफुले सिकेका कुरा घरपरिवार, स साना भाईबहिनी सवैलाई सिकाउने भएकी छिन् । यस्तै १४ बर्षिय सम्झना चौधरीको कथा पनि रोशनी जस्तै रहेको छ । सिओसी कक्षाले बोल्ने कलाको विकास, बालविवाह, घरेलु हिंसा जस्ता घटनाको बारेमा समाजमा जनचेतना जगाउन सक्ने क्षमता भएको सम्झनाले बताईन् । सम्झनाले पनि रोशनी जस्तै सिओसीमा सिकेका कुरा समाजमा निर्धक्कका साथ बताउन सक्ने भएको बताउछिन् । कक्षा ९ मा अध्ययनरत सम्झना स्थानियस्तरबाटै बालवालिकाको पढाई, क्षमताको विकासमा बढि जोड दिदै आएको बताउछिन् । सिओसी कक्षाको सहायता पाएपछि पढाईमा बढि जोड दिनुपर्छ भन्ने विचार उनिमा पलाएको छ । प्लान इन्टरनेश्नल नेपाल र भेरी वातावरणीय विशिष्तता समुह (बी ग्रुपको साझेदारीमा संचालित बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तरगतका सिओसी सहजकर्ता भरत चौधरीका अनुसार सिओसी कक्षाले समाजमा परिवर्तन ल्याईरहेको जानकारी गराउनुभयो । समाजमा भएको विकृतिबारे अहिले किशोर किशोरीहरु जानकार भैरहेको र समाज परिवर्तनमा लागेको समेत उहाँले जानकारी गराउनुभयो । सानै उमेरदेखि किशोर किशोरीहरुलाई समाजमा घटेका घटनाबारे जानकारी गराउदै आएको हुनाले किशोर किशोरीहरु सक्षम बन्दै गएको उहाँको भनाई छ ।
