नेपालगन्ज २३ कात्र्तिक- बाँके नेपालगन्ज उपमहानगरपालिका १८ लग्दहवाका विपद रसुल बेहनाले २०३० सालदेखि मिसलपट्टी बेचेर गुजारा चलाउदै आउनुभएको छ । ४७ साल भयो मिसलपट्टी बेच्न सुरु गरेको अहिले पनि उहि साइकल उहि झोला प्रयोग गर्दै आएको बेहनाले बताउनुहुन्छ । नेपालगन्ज उपमहानगरपालिकाको गल्ली गल्लीमा मिसलपट्टी बेच्दै आएको छु यसैमा सन्तुष्ट छु उहाँले भन्नुभयो । २०३० सालदेखि सुरुवात गर्नुभएका बेहनाले ४ वटा बालबच्चाको बढाई र घरखर्च यसैले धानेको बताउनुहुन्छ । दुध र मिश्रीले बनाउने मिसलपट्टी २५ पैसादेखि बेच्न सुरुवात गरेको उहाँले बताउनुहुन्छ ।
अहिले १० रुपैयादेखि ४० रुपैयासम्मको बनाएर बेच्ने गरेको उहाँले बताउनुहुन्छ । मिसलपट्टीलाई साँझा तयारी अवस्थामा राख्ने र विहानै बनाएर बजारको गल्ली गल्लीमा बेच्न जाने गरेको उहाँले बताउनुभयो । एकपटक खाएका बालवालिकाले त्यही मिसलपट्टी खाना खोज्ने गरेको समेत उहाँले अनुभव सुनाउनुभयो । एकपटकमा ३ सय लगानी गर्दा ५÷६ सय फाइदा आउने गरेको समेत उहाँले बताउनुभयो । मिसलपट्टीमा चिडिया, नाल, फुल, तराजु, विच्छु, हुक्का, घडी, सर्प लगायत विभिन्न प्रकारका आकारमा बनाउने र बालवालिकाहरु त्यसैमा रमाउने गरेको उहाँले बताउनुभयो । दिनभरी मिसलपट्टी बेच्ने र बालवालिकाहरुसंग रमाउने कार्य दैनिकी भैरहेको छ यसैमा खुसी छु उहाँले भन्नुभयो ।

