(Wednesday 28th of October 2026)
`

कैलालीमा असई बिकको हत्यामा संलग्न एक गिरोह पक्राउ

  • सगरमाथा गन्तब्य
  • 13.8K
    SHARES

    कैलाली ४ कात्तिक- सुदुरपश्चिमको कैलालीमा भएको घटना बारे थप गिरोह पक्राउ परेका छन् । प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक गिरोह पक्राउ गरेको हो । पक्राउ परेकाहरुले विकको हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । घटनामा संलग्न फरार केहीको खोजी भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले घटनामा संलग्न सबै अपराधीहरू केही दिनमै पक्राउ परिसक्ने बताए । शनिबार राति नियमित गस्तीमा निस्केका प्रहरी सहायक निरीक्षक विकको शव भोलिपल्ट मोहना नदीमा भेटिएको थियो । विकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology