(Wednesday 28th of October 2026)
`

लिखित परीक्षा स्थगित गर्ने : लोकसेवा आयोग

  • सगरमाथा गन्तब्य
  • 21.4K
    SHARES

    काठमाडौं, ३ कात्तिक । सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने लोकसेवा आयोगले निर्णय गरेको छ । आगामी कात्तिक १६ गतेबाट हुने भनिएको परीक्षा पनि प्रभावित भएको आयोगले जनाएको छ ।
    आयोगले आज एक सुचना जारी गर्दे कोरोना भाइरसको महामारीका कारण परीक्षार्थीहरुमा छाएको त्रासका कारण परीक्षा स्थगित गर्नुपरेको लोक सेवा आयोग परीक्षा संचालन शाखाले जनाएको छ । त्यस्तै आयोगका कर्मचारीहरुमा कोरोना संक्रमण भई आइशोलेसनमा रहेका कारण जनशक्ति अभावका कारण पनि परीक्षा संचालन गर्न नसकिएको जनाएको छ ।
    जारी सूचनामा पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका आगामी कात्तिक १६ गतेबाट हुने सम्पूर्ण लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology