(Wednesday 28th of October 2026)
`

कोलकातालाई हराउँदै मुम्बई शीर्ष स्थानमा

  • सगरमाथा गन्तब्य
  • 11.3K
    SHARES

    काठमाडौँ, १ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई आठ विकेटले पराजित गर्दै मुम्बई इन्डियन शीर्ष स्थानमा उक्लिएको छ । ​अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको कोलकत्ताले दिएको १४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमै भेटेको हो । मध्यम लक्ष्यका लागि मुम्बईका क्विनटन डी ककले अविजित ७८ रनको शानदार इनिङ्स खेले । मुम्बईका लागि कप्तान रोहित शर्मा ३५, सूर्यकुमार यादबले १० रन बनाए भने हार्दिक पाण्डयले २१ रन जोडे ।

    कोलकत्ताका भरुण चक्रवर्ती र शिवम नाभीले १र१ विकेट लिए । पहिलो ब्याटिङ गरेको कोलकत्ताको लागि पाट कुमिन्सले ५३ रनको अर्धतकीय इनिङ खेलेका थिए । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे । सुबमन गिलले २१ रन जोडे भने आन्द्रे रसेल १२ रनमा समेटिए । मुम्बईका लागि राहुल चाहर २, ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १र१ विकेट हात पारे । यो जितसँगै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । आठ खेलमा मुम्बईले दुई हार र ६ जित निकालेको छ । दिल्ली र मुम्बईको १२ १२ अंक भए पनि रनरेटका आधारमा मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा छ। यो सिजनको पहिलो खेलमासमेत मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology